Shittalpati
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस पाल्पामा विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा पाल्पा दरवार संग्रहालय परिसरमा सहिदहरुको तस्विरमा फूलमाला तथा टिका अविरले माल्यार्पण गरी सहिदको योगदान बारे चर्चा  गर्दै  दिवस मनाइएको हो ।
प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था
प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र आगमनको ७५ वर्ष भएको छ । आजकै दिन अर्थात् फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो ।
आज निर्वाचन दिवस मनाइँदै
आज निर्वाचन दिवस मनाइँदै फागुन ७ कै दिन निर्वाचन दिवस मनाइँदैछ । नेपालीले मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो । आज नवौं निर्वाचन दिवस मनाइँदै छ ।
रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा
रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।
जनप्रिय माविले मनायो ६५ औं वार्षिक उत्सव
जनप्रिय माविले मनायो ६५ औं वार्षिक उत्सव तानसेनको बर्तुङ्गस्थित जनप्रिय माध्ममिक विद्यालय बर्तुङ्गले ६५ औं वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो ।
पत्रकारहरुसँग अन्तरसंवाद  कार्यक्रम 
पत्रकारहरुसँग अन्तरसंवाद कार्यक्रम  जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोग र त्यसको रोकथामका बिषयमा मंगलवार पत्रकार र स्थानीय रेडियोमा अन्र्तसंवाद कार्यक्रम आयोजना गरेको छ । प्रजातन्त्र दिवशको अवसरमा स्वास्थ्य कार्यालयले नसर्ने रोगहरुको अवस्था, पहिचान र निदानका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सहकारी संस्थाको आयोजनामा कृषि मेला
सहकारी संस्थाको आयोजनामा कृषि मेला तानसेन वडा–९को  मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था लि.ले पहिलो पटक  प्रर्वद्धनात्मक कृिष मेला गरेर नयाँ आयम थपेको छ । पाल्पा रुपन्देही, कपिलबस्तु र नवलपरासी र भारतको गोरखपुर सम्म पाल्पाको मदनपोखरा तरकारी उत्पादन र बजारीकरणमा धेरै वर्ष पहिलादेखि प्रख्यात छ ।
जलवायु परिवर्तनको बढी असर महिलालाई
जलवायु परिवर्तनको बढी असर महिलालाई सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । 
आहार व्यवस्थापनले  गिद्धको संख्या बढ्दै
आहार व्यवस्थापनले  गिद्धको संख्या बढ्दै गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको संख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।
रम्भाको फोक्सिङ्गकोटमा पर्यटन प्रवद्र्धनको लागि ‘होमस्टे’
रम्भाको फोक्सिङ्गकोटमा पर्यटन प्रवद्र्धनको लागि ‘होमस्टे’ जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोट गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको पहलमा स्थानीयले रानीबास सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
Weather Update