रिब्दीकोटमा अध्यक्ष कप भलिबल र क्रिकेट प्रतियोगिता
बुधबार, जेठ १४, २०८२
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस : पाल्पामा दिप प्रज्वलन
मंगलबार, जेठ १३, २०८२
लोकतान्त्रिक पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युुनियनले देशैभर विभिन्न कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको युनियनले मंगलबारदेखि स्थापना दिवस मनाउन थालेको हो ।
पाल्पा अस्पतालको विकासका लागि सहकार्य गरेर अगाडि बढ्छु : अध्यक्ष कर्माचार्य
मंगलबार, जेठ १३, २०८२
पाल्पा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढने बताएका छन् । मंगलबार पदभार ग्रहण गर्दै कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दैै आवश्यक सल्लाह लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
घरघरमा पानीका धारा पुर्याउँदै स्थानीय सरकार
मंगलबार, जेठ १३, २०८२
दङ्गीशरण गाउँपालिका(६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ ।
फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन
मंगलबार, जेठ १३, २०८२
देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरू गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरू भएको हो ।
इस्मा ‘पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा
मंगलबार, जेठ १३, २०८२
जिल्लाको इस्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
अवैध रूपमा नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर नियन्त्रणमा
सोमबार, जेठ १२, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–२ दोभानस्थित तिनाउ खोलाबाट अवैध रूपमा ढुङ्गा र बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
‘फोहोरमा मोहर’ खोज्दै स्नातक गरेका तीन दाजुभाइ
सोमबार, जेठ १२, २०८२
पढे पछि धेरैको सोचाई हुन्छ सरकारी जागिर खाने या विदेशतिर हुइँकिने । अर्कोतर्फ पढेका व्यक्तिले सानो वा तुक्ष्छ काम गर्नु हुँदैन भन्ने धेरैको सोंच हुन्छ तर पाल्पामा यस्ता युवाहरु छन् जसले स्नातक गरेर पनि फोहोरमा मोहर खोज्दै छन् ।
लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
आइतबार, जेठ ११, २०८२
लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
काफल बेचेर पढाइ खर्चसँगै अन्नको जोहो
आइतबार, जेठ ११, २०८२
यहाँको माथागढी गाउँपालिकाको रत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत सविता नेपालीले काफल बिक्रीबाट प्राप्त रकमले किताब, कापी र पोसाक किन्ने गरेकी छन् । गरिबीका कारण पढाइ खर्च जुटाउन र अन्नको जोहो गर्न काफल बिक्री गर्दै आएको उनी बताउन्छिन् ।
रेसुङ्गा माविलाई ‘आईएसओ’ सर्टिफिकेट
आइतबार, जेठ ११, २०८२
जिल्लाको सदरमुुकाम तम्घासमा रहेको रेसङ्गा माध्यमिक विद्यालयलाई ‘आईएसओ’ सर्टिफिकेट (अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह) प्रधान गरिएको छ । उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्रको लोगो एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर
शनिबार, जेठ १०, २०८२
यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटे । पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुग्नुभएकी लुहार खुशी भएर घर फर्किईन ।
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम सकियो
शनिबार, जेठ १०, २०८२
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम शुक्रबार सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र प्रदेश सरकारको सहयोगमा सञ्चालित दुई दिने डिजिटल पत्रकारिता तालिम सकिएको हो ।


