Shittalpati
‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’
‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’ पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ ।
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।
गाउँ–गाउँमा आयुर्वेद तथा योग शिक्षा
गाउँ–गाउँमा आयुर्वेद तथा योग शिक्षा गाउँ–गाउँमा जनजीवन स्वस्थ्य, खानपानमा सुधार गर्न, मानिसलाई निरोगी बनाउन, भएका रोगीहरुलाई निको बनाउन रिब्दीकोट गाउँपालिकाले विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभियान शुरु गरेको छ । पालुङ्गमैनादी आयुर्वेद औषधालयलमार्फत दुई वटा विद्यालयका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको हो ।
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय १४ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते ओखलढुङ्गामा आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनको जन्मजयन्तीका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम हुँदै छन् ।
लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल
लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।
रुपन्देहीमा ‘एक घर, एक स्काउट’
रुपन्देहीमा ‘एक घर, एक स्काउट’ बालबालिकालाई अनुशासित र नैतिकवान बनाउने ध्येयले नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा  आयोजित एकहप्ते तालिम  यहाँ सुरु भएको छ । 
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।  
आज जैविक विविधता दिवस मनाइँदैं
आज जैविक विविधता दिवस मनाइँदैं आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
झेँदी पुल निर्माण सम्पन्न
झेँदी पुल निर्माण सम्पन्न मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा  निर्माणको काम सम्पन्न भएको हो । 
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो ।
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । 
मदनपोखरा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी संख्या बढाउन छलफल
मदनपोखरा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी संख्या बढाउन छलफल कुनै बेला भर्नाका लागि सोर्स लगाउनु पर्ने मदनपोखरा बहुप्राविधिक शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको छ । २०७५ मा प्राविधिक  तथा व्यवसायिक शिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले तानसेनको दमकडामा स्थापना भएको शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको हो ।
Weather Update