पाल्पामा एक जनाको उम्मेदवारी फिर्ता, २९ जनाको कायम
पाल्पा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा स्वतन्त्र उम्मेदवार बनेका क्षेत्र नम्बर २ का देवीप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयमा भण्डारीको मात्र उम्मेदवार फिर्ता भएको हो ।
भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा (१) बमोजिम नाम फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले जानकारी दिए । ३० जनाको मनोनयन दर्ता भएकामा १४ राजनीतिक दल र ६ जना स्वतन्त्रको उम्मेदवारी कायम रहेको छ । मनोनयन दर्ता गराएका मध्ये एक जना स्वतन्त्र उम्मेदवारले फिर्ता लिएपछि अहिले २९ जना चुनावी मैदानमा उत्रिएका छन् ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०८२
प्रतिक्रिया दिनुहोस्


