Shittalpati
आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

पाल्पा,अन्तर्राष्ट्रिय भन्सार दिवस आज विभिन्न कार्यक्रम गरी  नेपालसहित विश्वभर मनाईदैछ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउन थालिएको हो ।

आज अर्थ मन्त्रालय तथा भन्सार विभागले विविध जानकारीमुलक कार्यक्रम गर्दैछन् । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो । भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्नमा यो दिवसले महत्वपूर्ण टेवा पु¥याउने गर्दछ । पछिल्लो समय भन्सारमा मौलाउँदै गएको भष्ट्राचार निरुत्साहित गर्न सरकार उदासिन रहेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ । दैनिक रुपमा सयौंको संख्यामा भन्सार छली हुँदासम्म सरकार र सम्बन्धित निकाय मौन हुने गर्दछन् । राजस्व छली महाअपराध हो । आफ्नै देशलाई ठगेर कमाइएको पैसाले त्यस्ता व्यक्तिको अतीत हुने निश्चित छ । तर, पनि राजस्वमा हुने छली रोकिनुको साटो बढ्नु अझै दुर्भाग्यपूर्ण छ । यस्ता गतिविधिमाथि छानविन र कारवाही हुन सकिरहेको छैन । यसलाई रोक्न अहिलेसम्म कुनै विशेष पहल हुन नसक्नु दुखद् हो । नेपालको भन्सार प्रशासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ । यसले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । भन्सार महसुलले मात्र कुल कर सम्बन्धी राजस्वको २० प्रतिशत प्रतिनिधित्व गरेको हुन्छ । तर भन्सार छली रोक्ने कुरामा कसैको पनि ध्यान पुग्न सकेको छैन । राजस्व बिना सरकार सञ्चालनको कल्पनासमेत गर्न सकिँदैन । 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update