कुटपिटबाट घाइते किशोरको मृत्यु
बिहीबार, जेठ २२, २०८२
आज विश्व वातावरण दिवस मनाइँदै
बिहीबार, जेठ २२, २०८२
आज नेपालमा पनि विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आÞवानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
बुधबार, जेठ २१, २०८२
पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा दैनिकजसो पर्यटक पुग्न थालेका हुन् ।
बाजा घन्काउँदै रिब्दीकोटका महिला
बुधबार, जेठ २१, २०८२
कुनै बेला महिलाले बाजा बजाउनु त के छोए पनि ‘पाप’ लाग्छ भन्ने अन्धविश्वास यत्रतत्र, सर्वत्र थियो । उसबेला न महिलाले आफैं बाजा बजाउने आँट गरे न पुरुषले नै बाजा छुन तथा बजाउनमा महिलालाई सहयोग गर्न अघि सरे । तर अहिले समय फेरिएको छ । बाजा छुन नपाउने महिलाहरु नै बाजा...
आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै
बुधबार, जेठ २१, २०८२
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने...
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
बुधबार, जेठ २१, २०८२
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आव्हनमा प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिका माथि हुने अत्याचारविरुद्धको दिवस मनाइन्छ ।
बुटवलमा जग्गा नापजाँचको काम सुरु
बुधबार, जेठ २१, २०८२
बुटवलमा जग्गा नापजाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले वडा नम्बर १२ र १३ मा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँच सुरु गरेको हो ।
तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ
बुधबार, जेठ २१, २०८२
जिल्लाको सदरमुुकाम तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको छ । तानसेन नगरपालिका –३ भगवती टोलस्थित सन्यास परम्पराको सिद्धमुभी वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको हो ।
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या
मंगलबार, जेठ २०, २०८२
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो ।
अवैध लागूऔषध सहित १३ जना पक्राउ
मंगलबार, जेठ २०, २०८२
देशका विभिन्न स्थानबाट अवैध लागुुऔषध सहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, कैलाली, चितवन, कञ्चनपुर, मोरङ, सुर्खेत, बर्दिया र काठमाडौंबाट लागुऔषध सहित १३ जना पक्राउ परेका हुन् ।
पाल्पा काँग्रेसले बाकामलाङ–बल्ढेंगढी वडा जागरण सञ्चालन गर्ने
मंगलबार, जेठ २०, २०८२
नेपाली काँग्रेस पाल्पाले बाकामलाङ– बल्ढेंगढी वडा जागरण अभियान २०८२ सञ्चालन गर्ने भएको छ । सोमबार पार्टी कार्यालयमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको ३२ औं बैंठकले पूर्वको बाकामलाङदेखि पश्चिमको बल्ढेंगढीसम्म पार्टीको वडा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व
सोमबार, जेठ १९, २०८२
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व आएको छ । लुम्बिनीमा सम्पन्न संघको अधिवेशनले बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानद्वारा मादल बजाउने तालिम
सोमबार, जेठ १९, २०८२
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले मादल बजाउने तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले एक हप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो ।


-1762576335.jpg)