जेन–जी आन्दोलनमा फरार कैदी गुल्मीबाट पक्राउ
गुल्मी, जेन–जी आन्दोलनका क्रममा काठमाडौंबाट फरार रहेका एक कैदी गुल्मीबाट पक्राउ परेका छन् । आइतबार बिहान रेसुङ्गा नगरपालिका–८ बसपार्क क्षेत्रबाट फरार कैदी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा छत्रकोट गाउँपालिका– ५ का ६५ वर्षीय मानबहादुर सर्तुङ्गे रहेका छन् । उनलाई तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
प्रहरी अनुसार नियन्त्रणमा लिइएका कैदी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार रहेका थिए । उनी जबर्जस्ती करणी मुद्दाका फरार कैदी हुन् । आइतबार जिल्ला सदरमुकाम तम्घास बसपार्कबाट प्रहरी नियन्त्रणमा लिइएको हो । प्रहरी सहायक हवल्दार बासु मरासिनीसहित दुई जनाको टोलीले कैदी सर्तुङ्गेलाई नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०८२
प्रतिक्रिया दिनुहोस्


