Shittalpati
पाल्पा जेसीजमा नयाँ नेतृत्व, वर्ष ०२५ ले  गर्‍यो पद हस्तान्तरण

पाल्पा, पाल्पा जेसीजमा  महेश खनालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२६ का लागि खनालको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।समिति चयनसँगै जेसीजको ४५ औं पद हस्तान्तरण गरिएको छ । वर्ष २०२५ का अध्यक्ष विवेक  काजी शाक्यले वर्ष २०२६ का अध्यक्ष खनाललाई पद हस्तान्तरण गरेका हुन् । अध्यक्ष खनालसहित अन्य पदाधिकारी तथा सदस्यहरुले पनि पदभार ग्रहण गरेका छन् । तानसेनमा एक औपचारिक कार्यक्रमकाबिच २०२५ को समितिले २०२६ का नयाँ समितिलाई पद हस्तान्तरण गरेको हो ।

२०२६ का लागि निवर्तमान अध्यक्षमा जेसी विवेकाजी शाक्य, कानुनी सल्लाहाकारमा जेसी सुनिल चापागाइँ, कार्यकारिणी उपाध्यक्षहरुमा जेसी गणेश पन्थी ,जेसी सतिसराज शाक्य, महासचिवमा जेसी करण चित्रकार, कोषाध्यक्ष विक्रम सिंह, उपाध्यक्षहरुमा जेसी प्रकाश कार्की, जेसी सुनिल पंगेनी, जेसी दुस्यान्त भण्डारी, जेसी नि­जाम दिन मियाँ रहेका छन् । यस्तै सचिवमा जेसी बालकृष्ण बस्याल, जनसम्पर्क अधिकारीमा जेसी पवन कुंवर,सह कोषाध्यक्षमा जेसी लेखबहादुर कुंवर, तालिम संयोजक जेसी सुमन बस्याल, प्रकरण निर्देशक जेसी विजय कार्की, शाखा सम्पादकमा जेसी सुमन भट्टराई रहेको निर्वाचन अधिकृत थमन बहादुर सारुले जानकारी दिए । उनका अनुसार जेसीजको अन्तर्राष्ट्रिय विधान अनुसार निर्वाचन प्रक्रियाबाट समिति गठन गरिएको हो । पद ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष खनालले पाल्पा जेसीजले वर्ष २०२६ का लागि युवा लक्षित कार्यक्रम गर्ने र तालिम वर्षका रुपमा लिइने बताए । उनले स्थानीय सरकारसँग समन्वय गरी युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ काम गर्ने उल्लेख गरे ।

पद हस्तान्तरण गर्दै वर्ष २०२५ का अध्यक्ष विवेक काजी शाक्यले आफ्नो नेतृत्वलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद  दिर्दै सम्मान समेत गरे । उनले आफ्नो टिमले सिमित स्रोत साधानको बावजूूद पनि थुुप्रै काम गर्न सफल भएको बताए । कार्यक्रमको प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख तथा जेसीजका पूर्व अध्यक्ष सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् ।  कार्यक्रमको उद्घाटन गर्दै उनले खनाल नेतृत्वको नयाँ समितिलाई बधाई तथा वर्ष २०२५ का अध्यक्ष शाक्य नेतृत्वको समितिलाई हार्दिक आभार व्यक्त गरे । उनले जेसीजका कारण आफ्नो जीवनमा परिवर्तन आएको बताए । उनले भने “जेसीजबाट सिकेका कुराले आफुले क्याम्पस प्रमुख, अस्पतालको निर्देशक, र नगर प्रखुख बन्न सकेको र काममा उपयोगी  भएको  छ । यहाँहरु पनि  जेसीजमा निरन्तर लाग्न आग्रह गर्दछु ।” कार्यक्रममा जेसीजका संस्थापक महासचिव बुद्धिप्रसाद शर्मा,  संस्थाका मानार्थ सदस्य तथा पूर्व अध्यक्ष शैलेन्द्र भट्टराई, पूर्व अध्यक्ष अर्जुन कार्की, सिद्धार्थ नेपाल जेसीज वर्ष २०२५ का अध्यक्ष अर्जुन कुंवर लगायतले  विवेककाजी शाक्य नेतृत्वले ऐतिहासिक र रचनात्मक काम गरेको भन्दै नयाँ समितिले पनि सोही अनुसार सक्रिय भएर काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । वर्ष २०२५ का अध्यक्ष विवेककाजी शाक्यको अध्यक्षता, नव निर्वाचित अध्यक्ष  महेश खनालको धन्यवाद, वर्ष ०२५ का महासचिव गणेश पन्थी, उपाध्यक्ष  कला दाहाल, वर्तमान महासचिव  करण चित्रकारको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रम संस्थालाई योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई पुरस्कृत समेत गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update