पाल्पा, अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन रोज डे मनाइएर मनाइएको छ ।
यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् । यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो । त्यस दिनमा आफूले मन पराएको मान्छेलाई प्रेमका लागि खुलेर प्रस्ताव राखिन्छ । फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० टेडी डे मनाईएको छ । आज फेब्रुअरी ११ प्रमिस डे हो । प्रणय दिवस सप्ताहको पाचौँ दिनलाई ‘प्रमिस डे’ का रुपमा मनाइँने गरिन्छ । यो त्यो दिन हो जब प्रेममा डुबेका जोडीहरुले एक अर्काप्रतिको सम्बन्धलाई सधैँ प्यारो बनाइ राख्न बाचा गर्ने गर्दछन् । एक स्वस्थ र खुशी सम्बन्ध प्रेम र विश्वासमा अडिएको हुन्छ । सम्बन्धलाई प्रगाढ बनाउनका लागि जीवनसाथीमा भरोसा र उनको भावनाको इज्जत गर्न अति आवश्यक छ । हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस मनाइँदै आइएको छ ।
त्यसअघिका ६ दिन अर्थात् भ्यालेन्टाइन सप्ताहमा पहिलो दिन फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे र अन्त्यमा फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस मनाइन्छ । ‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । प्रेम आफैंमा एक सुन्दर शब्द हो । अ·्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ अर्थात् आजको दिन प्रणय दिवस मनाउने चलन छ । पछिल्लो समय सबै उमेर समूहमा प्रेम दिवसले छुट्टै स्थान बनाएको देखिन्छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमदेखि बजारका धेरै मलहरु प्रणय दिवसका लागि विशेष रुपमा सजाइएका छन् । होटल, रेस्टुरेन्ट, मल, पार्कलगायत विभिन्न ठाउँमा गुलाबको फूल, रङ्गीबिरङ्गी टेडी बियर, बेलुन र विभिन्न रङ्गीन बत्तीको सजावटले शहर बजार केही दिनअघिदेखि नै रङ्गीन र आकर्षक देखिएका छन् ।


