आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
सोमबार, साउन १२, २०८२
बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य
आइतबार, साउन ११, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तरराष्ट्रिय सङ्गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा...
मूल बीउ उत्पादन गरिँदै
आइतबार, साउन ११, २०८२
स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।
गुल्मीमा आगलागीबाट युवतीको निधन
आइतबार, साउन ११, २०८२
धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ । धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् ।
तानसेनको खानेपानीमा बजेट अभाव हुन दिन्न : मन्त्री यादव
शनिबार, साउन १०, २०८२
खानेपानी मन्त्री प्रदीप यादवले तानसेनमा खानेपानी समस्या समाधानका लागि आफुले बजेट अभाव हुन नदिने बताएका छन् । शनिबार तानसेन खानेपानी उपाभोक्ता समितिको दशौं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै मन्त्री यादवले यहाँको खानेपानीको लागि कुनै पनि बजेट अभाव हुन नदिने बताएका हुन् ।
अरिङ्गालले टोकेर एक महिलाको मृत्यु
शनिबार, साउन १०, २०८२
जिल्लामा रामपुरमा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका–२, सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानु कुमारी रावतको मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते भइएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।
हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी
शनिबार, साउन १०, २०८२
यहाँको रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी गरिएको छ ।
गर्मी बढेपछि बन्द हुन थाले विद्यालय
शनिबार, साउन १०, २०८२
गर्मी बढेपछि तराई क्षेत्रका विद्यालयहरु बन्द हुन थालेका छन् । रुपन्देही र कपिलवस्तुमा गर्मी बढेपछि विद्यालय बन्द गर्न थालिएको छ ।
महिनाभर मनाउने गुँला पर्व सुरु
शनिबार, साउन १०, २०८२
नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व विहीबारदेखि सुरु भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् सुरु भएको हो ।
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
शुक्रबार, साउन ९, २०८२
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्नेमा जोड दिएका छन
पाल्पामा एक वर्षमा करिब १९ हजारले लिए नागरिकता
शुक्रबार, साउन ९, २०८२
जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरले एक वर्षको अवधिमा करिब १९ हजार जनालाई नागरिकता वितरण गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०८१/०८२ मा गैरआवासीय र अंगीकृतसहित १८ हजार ९ सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेका हुन् ।
पुष्पलालको विचार आत्मसात् गर्नुपर्नेमा जोड
शुक्रबार, साउन ९, २०८२
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका विचार आत्मसात् गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा आयोजित पुष्पलाल स्मृति दिवसमा बोल्ने अधिकांस वक्ताहरूले पुष्पलालको विचार, सिद्धान्त र आदर्श आत्मसात् गर्न नसक्दा कम्युनिष्ट आन्दोलनमा विचलन आएको भन्दै उनको विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
पाल्पामा एक वर्षमा १७ जनाले लिए गैरआवासीय नागरिकता
बिहीबार, साउन ८, २०८२
पाल्पाबाट एक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०८१र८२ मा १७ जनाको गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो

-1753681382.jpg)
