टेक्रेका घर–घरमा धारा, हट्यो पानीको समस्या
आइतबार, जेठ ९, २०७८
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
शनिबार, जेठ ८, २०७८
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग प्राप्त भएको छ । नेपाल औषधी ब्यवसायी महासंघ गुल्मीको आर्थिक सहयोग र पत्रकार महासंघ गुल्मीको समन्वयमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग भएको हो ।
माथागढीले जेठ २५ मा वार्षिक परीक्षाफल प्रकाशन गर्ने
शनिबार, जेठ ८, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा चालू शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि माथागढीका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १४ गतेबाट पूर्णतः बन्द गरिएका छन् ।
कोरोना प्रभाव : बुद्ध जयन्तीमा सुनसान लुम्बिनी
शनिबार, जेठ ८, २०७८
हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडि देखि नै उपसमिति बनाएर तयारी शुरु गथ्र्यो ।
बिहे भोजपछि फैलियो कोरोना, एकै गाउँका दुईको मृत्यु, ७४ संक्रमित
शुक्रबार, जेठ ७, २०७८
गुल्मीको कालीगण्डकी मा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका ५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।
कोरोना महामारीमा पाल्पाका लायन्स क्लव
बुधबार, जेठ ५, २०७८
जिल्लामा कोरोनाको संक्रमण बढेसँगै सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरु सक्रिय हुन थालेका छन् । यहाँका लायन्स क्लवहरुले असिक्जन अभावमा छटपटाई रहेका विरामीहरुलाई लक्षित गरी अस्पताल र स्थानीय सरकारहरुलाई अक्सिजन आपूर्तिमा सहजता ल्याउने कार्यमा सक्रियता देखाएका हुन् ।
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड
बुधबार, जेठ ५, २०७८
पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ती अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ । जिल्लामा कोभिड–१९ को दोस्रो लहरको अवस्था भयावह बन्दै गएपछि अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।
पाल्पा र गुल्मीमा जेठ १५ सम्म निषेधाज्ञा थपियो,थप कडाई गरिने
मंगलबार, जेठ ४, २०७८
कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
परियोजनामा आधारित सिकाइ गराउँदै माउण्ट भ्याली
मंगलबार, जेठ ४, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा रहेको माउण्ट भ्याली इ·लिश स्कूलले विद्यालयलयलाई समय सापेक्ष परिस्कृत बनाउँदै लगेको छ । ब्रिटिश काउन्सीलको सहकार्यमा स्कूलले परियोजनामा आधारित सिकाइ गराउँदै आएको पाइन्छ ।
विगत सन् २०१४ देखि ब्रिटिश काउन्सीलको सहकार्यमा विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी केन्द्रीत बनाउन लागेको विद्यालयका प्रिन्सीपल प्रेमराज खरालले बताए ।
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ सम्म लम्बियो
सोमबार, जेठ ३, २०७८
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडि थप गरिएको निषेधाज्ञाको समय जेठ ४ गते (भोली) राती १२...
पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो, थप कडाई गरिने
सोमबार, जेठ ३, २०७८
कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
सोमबार, जेठ ३, २०७८
भिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ ।
बैठकमा पछिल्लो समय तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि थप अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।
कोरोना रोकथाममा पाल्पाका स्थानीय सरकारको सक्रियता
आइतबार, जेठ २, २०७८
कोभिड–१९को दोस्रो लहरको संक्रमण फैलिएसँगै पाल्पाका स्थानीय सरकारले यसको रोकथाम र उपचारका उपाय अवलम्वनमा सक्रियता देखाएका छन् । पहिलोको तुलनामा दोश्रो लहर भयावह बन्दै गएपछि स्थानीय सरकारलाई तातो लागेको देखिएको छ । स्थानीय श्रोत साधन जुटाई उनीहरुले महामारी रोकथामका लागि आइसोलेसन केन्द्र निर्माणदेखि संक्रमितको उपचारका अरु उपाय अपनाएका हुन् ।

