Shittalpati
पाल्पाको निस्दीमा मोटरसाईकल दुर्घटना: चालकको मृत्यु

पाल्पा, जिल्लाको निस्दी गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको छ । निस्दी गाउँपालिका ७ सिन्धुरेस्थित भित्री सडक खण्डमा लु ६ प १५२३ नं को मोटरसाईकल दुर्घटना भएको हो ।

सिन्धुरेमा रहेको किराना पसलबाट घरतर्फ जाँदै गरेका सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार निजको श्रीमति ४४ वर्षीया निरमाया गाहा भने घाइते भएकी छन् । उनको टाउकोमा सामान्य चोट लागेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update