पाल्पामा निषेधाज्ञा पुनः असार २२ सम्म लम्बियो
शुक्रबार, असार ११, २०७८
गुल्मीका पहिरोपीडितद्वारा भौगर्भिक अध्ययन गर्न सरकारसँग माग
सोमबार, असार ७, २०७८
मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति गर्यो । अझै...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, असार ४, २०७८
सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, असार २, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षा भइरहेकाले उच्च सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।
बाढीको वितण्डा: ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा
बुधबार, असार २, २०७८
लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।
पाल्पामा फोन स्कुल सञ्चालन
मंगलबार, असार १, २०७८
पाल्पाका विद्यालयहरुमा फोनबाटै बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन स्कुल सञ्चालन भएको हो ।
विद्यार्थी भर्ना अभियान शुरु
मंगलबार, असार १, २०७८
सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलबारदेखि शुरु गरेसँगै भर्ना अभियान सुरु भएको हो ।
सहकारी क्षेत्रलाई प्राथमिकता दिन संघको माग
सोमबार, जेठ ३१, २०७८
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाले महामारीका बेला महत्वपूर्ण निकाय (जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र) पाल्पाका निर्णयहरुमा सहकारी क्षेत्रलाई नसमेटिएकोमा सिंगो पाल्पाली सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो
सोमबार, जेठ ३१, २०७८
गुल्मीमा निषेधाज्ञाको समय अवधि थप गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी असार ७ गते सम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
सोमबार, जेठ ३१, २०७८
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
आइतबार, जेठ ३०, २०७८
ल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर...
माथागढी गाउँपालिकाका सबै विद्यालयको वार्षिक परीक्षाफल प्रकाशित
मंगलबार, जेठ २५, २०७८
जिल्लाको माथागढी गाउँपालिका भित्रका सबै विद्यालयको शैक्षिक सत्र २०७७ सालको बार्षिक वार्षिक परीक्षाफल प्रकाशित गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ५ र कक्षा ८ सहित १–९ सम्मका सबै कक्षाका परीक्षाफल मंगलबार प्रकाशित गरिएको हो ।


