मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा
मंगलबार, असार २२, २०७८
पाल्पामा निषेधाज्ञा खुकुलो बनाउँदै,थप्दै : नीजि सवारी,सरकारी कार्यालय र होटल खुल्ने
सोमबार, असार २१, २०७८
जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी राखिएको निषेधाज्ञा खुकुलो बनाउँदै, थप्दै लगिएको छ । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको हो ।
पाल्पामा निषेधाज्ञा पुनः असार ३१ सम्म लम्बियो
सोमबार, असार २१, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमणको अवस्था कायमै रहेकाले निषेधाज्ञा पुनः असार ३१ गतेसम्म लब्याइएको हो ।
गुल्मीका पत्रकारहरुद्वारा सञ्चार विधेयक पुनर्लेखन गर्न माग
आइतबार, असार २०, २०७८
नेपाल पत्रकार महासंघ गुल्मीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत ज्ञापन पत्र बुझाएको हो ।
सञ्चार विधेयक पुनर्लेखन गर्न पाल्पाली पत्रकारको माग
आइतबार, असार २०, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न पाल्पाका पत्रकारहरुले माग गरेका छन् ।
गुल्मीमा असार २२ सम्म लम्बियोे निषेधाज्ञा
बुधबार, असार १६, २०७८
जिल्लामा जारी निषेधाज्ञा पुनः लम्ब्याइएको छ । पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्न थालेपछि निषेधाज्ञा असार २२ गतेसम्म लम्ब्याइएको हो ।
यात्रुसँग बढी भाडा लिने आठ जना पक्राउ
बुधबार, असार १६, २०७८
तोकिएको भन्दा बढी भाडा लिनेलाई प्रहरीले पक्राउ गरेको छ । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई ट्राफिक महाशाखा काठमाडौंले पक्राउ गरेको हो ।
चन्द्र भण्डारीका भाइ शंकरको कार दुर्घटनामा निधन
बुधबार, असार १६, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ शंकर भण्डारीको कार दुर्घटनामा निधन भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको निधन भएको हो ।
७७ जिल्लामा निःशुल्क कानूनी सहायता
मंगलबार, असार १५, २०७८
कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिवृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र सीमित रहेकोमा आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा अधिकृतस्तरको कानून व्यवसायीबाट कानूनी सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो ।
रिब्दीकोटमा अनलाइनबाट पठन–पाठनको तयारी
सोमबार, असार १४, २०७८
पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठन–पाठन शुरु गर्ने तयारी गरेका छन् । रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठन सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए । निषेधाज्ञाको अवधिमा बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । विद्यालयमा उपस्थिति हुन नपर्ने भएपछि फुर्सदिला भएपछि...
बुधबारदेखि भारी वर्षा हुने
सोमबार, असार १४, २०७८
जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।
पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुको जोड
शनिबार, असार १२, २०७८
पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुले जोड दिएका छन् । शनिबार तानसेनमा प्रेस काउन्सिलका प्रतिनिधिसँगको छलफलमा जिल्लाका छापा मिडियामा आवद्ध सम्पादकहरूले पत्रिकाको वर्गीकरण नीतिगत रुपमा हुनुपर्नेमा जोड दिएका हुन् ।
पाल्पामा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन शुरु
शनिबार, असार १२, २०७८
शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका...


