Shittalpati
पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध
पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध एक महिनादेखि पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका ३ जयखानी छापलाई जोड्ने मोटरबाटो खन्ने क्रममा गत बैशाख ६ गते माथिबाट माटो,ढुंगा सहित खसेको पहिरोले डोजर पुरिएको थियो ।
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिकामा बालिका बलात्कार आरोपमा स्थानीय दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा अस्पताल र तानसेन नगर सरकारले संयुक्त रुपमा अक्सिजनयुक्त आइसोलेसन कक्ष निर्माण गरेका छन् । अधिकांस कोरोना संक्रमितहरुलाई अक्सिजनको मात्र आवश्यक पर्न थालेपछि अस्पताल र नगर सरकारले संयुक्त रुपमा ४० शैयाको अक्सिजन सहितका आइसोलेसन निर्माण गरेका हुन् ।
गुल्मीका पत्रकार अक्सिजन जोहो गर्न जुटे
गुल्मीका पत्रकार अक्सिजन जोहो गर्न जुटे गुल्मीका पत्रकारहरु अक्सिजन जोहो गर्न जुटेका छन् । जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अक्सिजनको जोहो गर्न जुटेको हो ।
नागरिकलाई सही सूचना दिन, ‘कोभिड विशेष नर्स समूह’ परिचालन
नागरिकलाई सही सूचना दिन, ‘कोभिड विशेष नर्स समूह’ परिचालन ,के तपाईलाई कोरोना संक्रमणका विषयमा आधिकारिक जानकारी आवश्यक छ ? कि संक्रमित भएर के गर्ने, के नगर्ने भन्ने दोेधारमा हुनुहन्छ ? यदि त्यस्तो छ भने आत्तिनुपर्दैन । अब घरमै बसेर तपाईले फोनमार्फत स्वास्थ्यकर्मीबाट आधिकारिक जानकारी पाउनु हुनेछ  । नागरिकलाई सही सूचना दिनका लागि ‘कोभिड विशेष नर्स समूह’ परिचालन भएका छन् ...
पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि
पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । उनले अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन् ।
आज मातातिर्थ औशी मनाइदै
आज मातातिर्थ औशी मनाइदै आज जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा हरेक वर्ष वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइने गरिन्छ ।
एसइई र कक्षा १२ को परीक्षा स्थगित
एसइई र कक्षा १२ को परीक्षा स्थगित आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा
संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा जवानीमा पञ्चेबाजा बजाएर दिन रात बितेको पत्तै नपाउने गरेका रामपुरका ६० वर्षीय गिरबहादुर परियारले पछिल्ला वर्षहरुमा बाजा बजाउने दौँतरी नै पाएनन् ।
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्लामा संक्रमणको अवस्था कायमै रहेकोले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोली) राती १२ बजे सकिदै छ ।
Weather Update