सबै स्थानीय तहमा नेपाल स्काउट
बुधबार, वैशाख १५, २०७८
सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने
बुधबार, वैशाख १५, २०७८
मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेनलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संक्रमक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा...
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा
बुधबार, वैशाख १५, २०७८
कोरोना संक्रमण उच्च भएपछि पाल्पामा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १७ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।
रुपन्देहीमा निषेधाज्ञा हुने
मंगलबार, वैशाख १४, २०७८
बुटवल, रुपन्देहीमा कोरोना दर उच्च हुँदै गएपछि १५ दिनका लागि निषेधाज्ञा लगाउन गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।
देशभरका शैक्षिक संस्था बन्द, परीक्षा समेत स्थगित
मंगलबार, वैशाख १४, २०७८
नेपालमा कोरोना संक्रमण बढ्दै गए पछि देशभरका शैक्षिक संस्थाहरु बन्द भएका छन् । सरकारले सोमबारदेखि नै शैक्षिक संस्थाहरु बन्द गर्न भने पनि अधिकांश शैक्षिक संस्थाहरु भने आज मंगलबारदेखि बन्द भएका हुन् । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट भने पठन–पाठन गर्न सकिने सरकारले जनाएको छ । कोभिड–१९ संकट...
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय
सोमबार, वैशाख १३, २०७८
कोरोनाको संक्रमण बढ्दै गएपछि पाल्पाको बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका विद्यालयहरु भोली मंगलबारदेखि बन्द हुने भएका छन् ।
कोरोना कहर: खुलेका विद्यालय फेरी बन्द गर्न थालियो
सोमबार, वैशाख १३, २०७८
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै धमाधम विद्यालय बन्द गर्न थालिएको हो ।गुल्मी र रुपन्देहीमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि विद्यालय केही समयका लागि बन्द गर्न लागिएको हो ।...
सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश
आइतबार, वैशाख १२, २०७८
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।
प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’
शनिबार, वैशाख ११, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि विशेष सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी
शनिबार, वैशाख ११, २०७८
गाउँपालिकाले ५० जना कृषकहरुलाई भैसी वितरण कार्यक्रममा समावेश गरेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार पहिलो चरणमा २४ जना कृषकहरुलाई भैसी वितरण गरिएको छ । बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गरिने बताइएको छ ।


