Shittalpati
गुल्मीमा विद्युतीय राहदानी जारी गर्न सुरू

गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीबाट विद्युतीय राहदानी जारी गर्न प्रक्रयिा सुरु गरएिको छ । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार जडान पश्चात विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको हो ।

सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरेपछि केहि दिन बन्द थियो । जिल्ला प्रशासन कार्यालयले केहिदिनदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) दिन थालेको हो । प्रशासन कार्यालयले अहिले सिमित संख्यामा मात्रै राहदानी दिन थालेको छ । प्रशासन कार्यालयमा तीनवटा डेक्स राखेर सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन थालेपनि सुरुवाती चरण परीक्षणको रहेको उनले उल्लेख गरे । विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन सेवाग्रही आउने गरेकाले प्रशासनका कर्मचारीको तर्फबाट सेवा नरोकिए पनि प्राविधिक कारणले कहिलेकाही समस्या आउन सक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । नयाँ प्रविधिमा काम भएकाले कहिले काँही शतप्रतिशत नहुन पनि सक्ने उनको भनाई छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन सुरुमा आफैले वा साइबरबाट फम भरेर तोकेको दिन फम लिएर प्रशासन कार्यालयमा जान सकिन्छ । प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तीन चरणमा काम पूरा गरेपछि मात्रै विद्युतीय राहदानी (ई–पासपोर्ट) तयार हुन्छ । जसका लागि प्रशासनमा सुरुमा फारम भेरिफाई गरेपछि राजश्व बुझाउनु पर्ने हुन्छ । त्यसपछि सोही शाखामा रहेको दोस्रो स्टेशनमा फोटो खिचाएर थप भेरिफाइ भएपछि अर्को स्टेशनमा जाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । अन्तिम चरणमा रहेको स्टेशनबाट प्रमाणीत गरेपछि विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रिन्टका लागि राहदानी विभागमा जाने पन्थीले बताए । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा लिन सक्कल नागरिकता, शैक्षिक प्रमाणपत्र, बसाइसराइँको हकमा प्रमाणपत्र, बिहे गरेको खण्डमा विवाह दर्ताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अधिकृत पन्थीले बताए । अब राहदानी लिन लामो समय लाइनमा बस्न पनि नपर्ने भएको छ । अनलाइनबाटै फारम दर्ता गरेपछि राहदानी लिन कहिले प्रशासनमा सम्पर्क गर्ने भन्ने दिन पनि फारम भरेपछि तोकिदिने भएकाले त्यो दिन मात्रै प्रशासनमा आउन पन्थीले आग्रह गरे । नेपालमा हस्त लिखित पासपोर्ट हटाएर सन २०१० बाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दिन थालेको थियो । विकसित मुलुकहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट दिन सुरु गरेको हो ।

–अनिल खत्री

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update