Shittalpati
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला

पाल्पा, पाल्पाको कुनसरेमा एक महिला मृत अवस्थामा फेला पेरकी छिन् । तानसेन वडा ६ कुनसरेमा ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी हुन् ।
उनी घरमा एक्लै बस्दै आएको र घरदेखि १ सय ५० मिटर तल दक्षिणतिरको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शुक्रबार बिहान कान्छो छोरा गणेश घर्तीले चिया दिन जाने क्रममा घरको ढोका र सुत्ने बिस्तारामा रगत फेला परेको खोजतलास गर्दै जाने क्रममा आमा सरस्वतीको शब देखेका थिए । उक्त घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update