निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका दलहहरु प्रतिबद्ध
शनिबार, असोज १५, २०७९
निःशुल्क यातायात सेवा
शनिबार, असोज १५, २०७९
दसैंको समयमा यात्र गर्ने यात्रुुहरुका लागि निःशुुल्क यातायात सेवा दिइने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बौद्धस्थल भ्रमण गर्न चाहने यात्रु तथा पर्यटकलाई निःशुल्क यातायातको व्यवस्था मिलाइएको हो ।
बुटवलका सडकमा खुला दूध बेच्न रोक
शुक्रबार, असोज १४, २०७९
बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।
आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गरौं : प्रजिअ पन्त
शुक्रबार, असोज १४, २०७९
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बिहीबार पाल्पा विकास केन्द्रले तानसेनमा आयेजना गरेको स्वतन्त्र, निष्पक्ष र भयरहित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संघ संस्थाहरुका प्रतिनिधिका लागि राजनीतिक समावेशिता सुशासन, प्रजातन्त्र र संघीयता सबन्धी कार्यदक्षता अभिवृद्धि कार्यशालामा निर्वाचन आचारसंहिताका...
लुम्बिनीमा गुड्न थाले बिद्युतीय बस
बिहीबार, असोज १३, २०७९
लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशँैको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरे ।
बज्नै छाडे मालश्री धुन
बिहीबार, असोज १३, २०७९
नेपालीको महान् पर्व दसैँ–तिहारजस्ता ठूला चाडमा मंगल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जयमान बनाउँथ्यो । मालश्री धुन बज्न थालेपछि हरेक नेपालीमा दसैँ–तिहार सुरु भएको आभास हुन्थ्यो । कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ । दसैँको घटस्थापनादेखि नै गाउँ–गाउँमा पुगेर मालश्री धुन बाबुबाजेले बजाउने गरे पनि...
सरकारी निकायका सूचना अधिकारी र पत्रकार बिच अन्तरक्रिया
बिहीबार, असोज १३, २०७९
जिल्लाका सरकारी निकायका सूचना अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया भएको छ । अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा सूचना अधिकारी र पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रम भएको हो ।
आज दसैंको चौथो दिन कुष्माण्डाको पूजा गरिदैं
बिहीबार, असोज १३, २०७९
नेपाली हिन्दुहरुको महान पर्व पर्व बडा दसैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घर–घरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
आजदेखि निर्वाचन आचारसंहिता : के–के गर्न पाइँदैन ?
बुधबार, असोज १२, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ ।
दसैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने
बुधबार, असोज १२, २०७९
सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
पाल्पाको समृद्धिको आधार पर्यटन : मन्त्री राना
बुधबार, असोज १२, २०७९
लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समृद्धिको आधार कृषिसँगै पर्यटन क्षेत्र रहेको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा मंगलबार (नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) नाटा पाल्पा च्याप्टरले तानसेनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले पाल्पामा समृद्धिको आधार पर्यटन क्षेत्र रहेको बताएका...
सफलताका कथा संगालो ‘कर्म’ विमोचन
बुधबार, असोज १२, २०७९
कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत सफलताका कथा संगालो ‘कर्म’ को विमोचन गरिएको छ । तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा सिंजाली, पूूर्व नगर प्रमुख अशोक कुमार शाही, पूूर्व उप प्रमुख लक्ष्मीदेवी पाठक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, हेफर इन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु...
रैनादेवी मन्दिर निर्माणको लागि प्राविधिक नापजाँच
मंगलबार, असोज ११, २०७९
रैनादेवी छहरा गाउँपालिकाले आफ्नो नामाकरण भएको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वको धरोहर रैनादेवी मन्दिर क्षेत्र संरक्षण र संवद्र्धनको लागि काम शुरु गरेको छ । पालिकाको प्राविधिक शाखाले रैनादेवी मन्दिर क्षेत्रको पूर्वाधार निर्माणको लागि मन्दिर क्षेत्र वरीपरी प्राविधिक नापजाँच गरेको छ ।


