Shittalpati
डढेलोले खानीगाउँ जोखिममा

गुल्मी, जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा लागेको डढेलो खानीगाउँ जोखिममा रहेको छ । रेसुङ्गा नगरपालिका–८ को खानीगाउँ क्षेत्र नजिकै रेसुा वनमा शुक्रबार बेलुकीदेखि लागेको भीषण डढेलोले खानीगाउँ जोखिममा रहेको हो ।

शनिबार डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षाकर्मी परिचालन भए पनि पूर्ण रुपमा नियन्त्रणमा भने आउन सकेको छैन । आगो नियन्त्रणमा नआएकाले नजिकै रहेको बस्ती जोखिममा रहेको स्थानीयले बताएका छन् । शुक्रबार बेलुकी डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगे पनि नियन्त्रणमा ल्याउन सकिएको थिएनन् । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ । यस वर्ष जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update