स्वास्थ्य स्वयंसेविकालाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने
मंगलबार, मंसिर २१, २०७८

दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान
मंगलबार, मंसिर २१, २०७८
लुम्बिनी प्रदेशमा दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान सञ्चालन गरिएको छ । सुरक्षित प्रदेश, सुरक्षित यात्रा भन्ने अभियानाका साथ सवारी दुर्घटना न्यूनिकरण गरी जनताको जिउ धनको सुरक्षा गर्ने अभियानका साथ लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पाल्पा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको हो ।

नेपाली सेनाद्वारा विद्यार्थीलाई एनसिसी तालिम
सोमबार, मंसिर २०, २०७८
विद्यालयमा किताबी ज्ञानका अलवा विद्यार्थीहरुलाई अन्य ज्ञानको बारेमा पनि तालिम तथा जानकारी दिन थालिएको छ । नेपाली सेनाले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई ५० दिने एनसिसी तामिल दिन सुरु गरेको हो ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने
सोमबार, मंसिर २०, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । गत शुक्रबार सार्वजनिक नतिजाको ग्रेड वृद्घि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको हो ।

रिब्दीकोटले दियो अपाङ्गता भएका व्यक्तिलाई ल्यापटप
आइतबार, मंसिर १९, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ल्यापटप दिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका विकास शाखाले दुईजना दृष्टि विहिन र एक जना शरिरको तलको भाग नचल्ने अपाङ्गताभएका व्यक्तिलाई ल्यापट दिएको हो ।

तानसेनमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु(अपडेट)
शनिबार, मंसिर १८, २०७८
जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।

तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
शनिबार, मंसिर १८, २०७८
जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।

एक घर, एक धारा नीति विफल, अझै पनि डोकोकै भरमा खानेपानी !
शनिबार, मंसिर १८, २०७८
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर...

कक्षा १२ को नतिजा प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नतिजा प्रकाशित भएको हो ।

वर्षा र हिमपातको सम्भावना
शुक्रबार, मंसिर १७, २०७८
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
शुक्रबार, मंसिर १७, २०७८
आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ ।

बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता
बिहीबार, मंसिर १६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । विगतका वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सयौैंलाई रोजगार प्रदान गरिसकेको गाउँपालिकाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।

पाल्पामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिदै
बिहीबार, मंसिर १६, २०७८
जिल्ला निर्वाचन कार्यालय पाल्पाले यही मसिंर १७ गते शुक्रबारदेखि जिल्लाका दशवटै पालिकामा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन कार्यालयले मसिंर १७ देखि २६ गतेसम्म पहिलो चरणमा र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गर्न लागेको हो ।