रामपुरमा मृत अवस्थामा पुरुष फेला
शनिबार, मंसिर ४, २०७८

आइतबारदेखि मौसममा सुधार हुने
शनिबार, मंसिर ४, २०७८
अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।

सन्दर्भ : विश्व शौचालय दिवस, पाल्पामा पर्याप्त शौचालय नै छैनन्
शुक्रबार, मंसिर ३, २०७८
रैनादेवी छहराकी विष्णुमाया थापा नागरिकता बनाउन तानसेन आइन् । उनी बस चढेर गुल्मी घुम्टी रोडमा ओर्लिन् । थापालाई पिसावले च्यापेकाले यताउती शौचालय छ कि भनेर हेरिन् तर त्यहाँ कतै देखिनन् । सार्वजनिक शौचालय त थियो तर वर्षौदेखि प्रयोग विहीन । शौचालय कतै नदेखिपछि उनी सडक छेउमा गएर पिसाव गर्न बाध्य...

तिलोत्तमालाई बालमैत्री नगर बनाउने तयारी
बिहीबार, मंसिर २, २०७८
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ । यहाँका १६ स्थानीय तहमध्ये तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको हो । यही मंसिर २९ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी नगरमा विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भएका छन् ।

‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’
बुधबार, मंसिर १, २०७८
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्ती मगरले समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

प्रमुखविहीन पाल्पाको खानेपानी कार्यालय
मंगलबार, कात्तिक ३०, २०७८
प्रदेश सरकार मातहतमा रहेको पाल्पाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालयका तत्कालिन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको हो ।

पाल्पामा बन्दको प्रभाव, यात्रुलाई सास्ती
मंगलबार, कात्तिक ३०, २०७८
मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि देखिएको छ । यहाँ बिहानैदेखि सार्वजनिक सवारी साधनहरू चल्न सकेका छैनन् ।

महिलाले २० रुपैयाँबाट चलाएको सहकारीको कारोबार करोडौं
मंगलबार, कात्तिक ३०, २०७८
कुनै बेला महिलाहरुले सहकारी सञ्चालन गर्छौं भन्दा पत्याउँदैन्थे । पैसाको लागि पुरुषको भर पर्नुपथ्यो । तर अहिले २० रुपैयाँबाट महिलाहरुले समूह गठन गरी स्थापना गरेको गुल्मीको एक सहकारीले अहिले करोडौंको कारोबार गर्न सफल भएको छ ।

सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै
सोमबार, कात्तिक २९, २०७८
गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् ।

पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटियो
आइतबार, कात्तिक २८, २०७८
पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटिएको छ । जिल्लाको तिनाउ गाउँपालिका ६ खारापानीबाट हराएको लु. ४ त ६९८६ नम्वरको ट्याक्टर तनहुँको दमौलीमा भेटिएको हो ।

निस्दीमा विषादी सेवनबाट एकको मृत्यु
शनिबार, कात्तिक २७, २०७८
जिल्लाको निस्दी गाउँपालिका ३ मोहरियामा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ ।

तम्घासको सिद्धबाबामा शैक्षिक सामग्री प्रदर्शन
शुक्रबार, कात्तिक २६, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । विद्यालयले विश्व विज्ञान दिवसको अवसर पारेर पुरातात्विक एवं विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानसँग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शन गरेको हो ।

आजदेखि जनगणना, सम्पूर्ण तयारी पूरा
बिहीबार, कात्तिक २५, २०७८
आजदेखि राष्ट्रिय जनगणनाको कार्य सुरु भएको छ । १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य विहीबारदेखि सुरु हुन लागेको हो ।