Shittalpati
प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’

हाम्रा संवाददता
पाल्पा, लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले विकृति, विसंगतीका विरुद्ध पत्रकारले सशक्त रुपमा कलम चलाउनुु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।

उनले मुुलुकमा पछिल्लो समय विकृति, विसंगति र भ्रष्टचारका घटनाहरु बढ्दै गएकाले त्यसका विरुद्ध पत्रकारहरुले खरो रुपमा कलम चलाउनुुपर्ने बताए । प्रमुुख अतिथि समेत रहेका रानाले पछिल्लो समय संविधानको मर्म विपरित प्रहार भइरहेको बताउँदै सो प्रहार लोकतन्त्र र सिङ्गो व्यवस्था माथि कै प्रहार भएकाले कलमलाई सशक्त बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । उनले भने, ‘लोकतन्त्रको पक्षमा, परिवर्तनको पक्षमा र अग्रगमनको पक्षमा तपाईहरूको कलम चलोस्, मेरो आग्रह छ ।’ रानाले राजनीति प्रतिको आकर्षण र दलहरु प्रतिको विश्वास घट्दै गएको सन्दर्भमा लोकतन्त्रको पक्षमा पत्रकारले कलम चलाउनु आवश्यक रहेको धारण व्यक्त गरे । प्रेस यनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले विद्युतीय सञ्चार माध्यमले अवसरसँगै पत्रकारितामा चुनौती थपिएको बताए । उनले वर्तमान चुनौतीहरुलाई चिर्नका लागि पत्रकारको क्षमता अभिवृद्धिसँगै संगठनलाई मजबुत बनाउन युनियन लागि परेको धारणा व्यक्त गरे ।

अध्यक्ष लम्सालले प्रेस स्वतन्त्रताको पक्षमा युनियन प्रतिवद्ध भएर लडिरहेको बताउँदै युनियनका पत्रकारहरुलाई आचार संहिता, पत्रकारिताका मूल्य र मान्यता अनुसार अघि बढ्न आग्रह गरे । नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्णले पाल्पा ऐतिहासिक शहर रहेको बताए । उनले प्रेस युनियन पार्टीको शुभेच्छुक रहे पनि सरकारको प्रतिपक्षमा रहिरहने धारणा व्यक्त गरे । युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकार माथि भएका प्रहारलाई चिर्न सत्य र तथ्यमा आधारित भएर खोजमुलक सामग्री उत्पादनमा जोड दिन सबै पत्रकारहरुलाई आग्रह गरे । केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले झुट्टा सूूचनाले सञ्चारकर्मीहरु प्रति प्रश्न उठेको बताउँदै त्यस प्रति सचेत रहन आग्रह गरे । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नविन गिरीले पाल्पा शाखाले चालेको कदम प्रशंसनिय रहेको बताउँदै साझा संस्थाको रुपमा स्थापित गर्नका लागि युुनियलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति एवं प्रेस युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गहिरेले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताका लागि युनियनले महत्वपूर्ण भूूमिका खेल्दै आएको बताए । कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले गणतन्त्र स्थापनासँगै अधिकारका लागि पत्रकारिताले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । कार्यक्रममा नेपाल प्रेस युुनियनका केन्द्रीय प्रतिनिधि विष्णुु भूूषाल, नेकपा माओवादी केन्द्र पाल्पाका सचिव मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सचिव सुमन गहिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवर, एकीकृत समाजवादी पाल्पाका सचिव मोहनलाल गहिरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य त्रिलोचन पौड्याल, नेत्र ज्योति संघ पाल्पाका सभापति बुुद्धिप्रसाद शर्मा, तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जन, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, प्रेस चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्की लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनको अवसरमा युनियनले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत समेत गरेको छ । युनियनले स्वर्गीय चकोरमान शाक्यले स्थापना गरेको पूर्णमान स्मृति पत्रकारिता पुरस्कारबाट भरत शर्मा, गंगाराम नेपालले स्थापना गरेको तिलकराम नेपाल स्मृति पुरस्कारबाट रामचन्द्र रायमाझी, मीना पन्थीले स्थापना गरेको राजेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट इमान सिं राना, उदय घिमिरेले स्थापना गरेको लक्ष्मण घिमिरे पत्रकारिता पुरस्कारबाट सरस्वती दंगाल, राम प्रसाद श्रेष्ठले स्थापना गरेको मान बहादुर श्रेष्ठ स्मृति पुरस्कारबाट दुर्गेश मल्ल, सुरेशमान कर्मचार्यले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट विष्णु खनाल, त्रिलोचन पौडेलले स्थापना गरेको बालकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट पुष्कराज रेग्मी र बुद्धि प्रसाद शर्मा र शोभा शर्माद्वारा स्थापित पत्रकारिता पुरस्कारबाट कविराज नेपाललाई पुरस्कृत गरेको छ । यस्तै युनियनले संस्थागत विकासमा सहयोग पुर्‍याएका माथागढी गाउँपालिकाका पूर्व अध्यक्ष सन्तोष थापा मगर, रैनादेवी छहरा गाउँपालिकाका पूर्व अध्यक्ष रामबहादुर कार्की, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, बगनासकाली गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णप्रसाद बस्याल, नेपाली काँग्रेस महासमिति सदस्य सन्दीप राना समेत सम्मान गरेको छ । कार्यक्रममा युनियनका जिल्ला सचिव रामचन्द्र रायमाझीले सागठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभापति भरत शर्माको अध्यक्षता, उपाध्यक्ष मन गहिरेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update