बर्डफ्लूबाट जोगिन उच्च सर्तकता
आइतबार, पुस २६, २०७७
विकासको काम ओझेलमा
शनिबार, पुस २५, २०७७
संसद् विघटनपछि देशको राजनीतिक घटनाक्रम नै मोडिएको छ । यसले राजनीतिक घटना क्रममा मात्रै होइन विकास निर्माणका हरेक पक्षलाई असर गरेको छ । सरकार र राजनीतिक दल नै आ–आफ्नै शक्ति संर्घषमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि चुनावको मिति...
संसद् विघटनले प्रदेशमा तरंग
शुक्रबार, पुस २४, २०७७
संसद् विघटनको तरंग प्रदेश तहमा समेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा दुई चरणको मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसको असर प्रदेश सरकार र प्रदेश सभासम्म पुगेको हो ।
भाइरसको नयाँ स्वरुप
बिहीबार, पुस २३, २०७७
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कायमै रहेका बेला पुनःबेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण देखिएको विषयले यति बेला सर्वत्र चासो र चिन्ता बढेको छ । नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ ।
समस्याको समाधानमा ध्यान दिऊ
बुधबार, पुस २२, २०७७
मुलुकको राजनैतिक अवस्था अत्यन्तै तरल हिसाबले बगिरहेको छ । संसद् विघटन पछि नेपालको राजनैतिक, सामाजिक अवस्थाप्रति कुनै न कुनै रुपमा समस्या सिर्जना भएको महशुस गर्न थालिएको छ ।
कोरोनामा खेलाँची
मंगलबार, पुस २१, २०७७
विश्वभर फैलिरहेको कोरोना महामारीको अवस्था अझै पनि कायमै छ । नेपालमा लामो समयदेखि भएको लकडाउनका कारण व्यापार व्यवसायमा असर परेको भन्दै सरकारले सबै क्षेत्र खुलाउन अनुमति दिएसँगै अहिले जताततै भीडभाड बढेको छ ।
काँग्रेस जिम्मेवार बन
आइतबार, पुस १९, २०७७
अहिले मुलुक अत्यन्त संकटको दिशामा छ । बहुमत प्राप्त कम्युनिष्ट सरकारलाई जनताले पाँच वर्ष सरकार चलाउने गरी बहुमत दिएर सत्तामा पठाए तर तिनै कम्युनिष्ट नेताहरुबाटै देश संकटमा परेको छ ।
टोपी दिवसको सार्थकता
शनिबार, पुस १८, २०७७
नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । शुक्रबार पनि ढाकाका टोपीहरु लगाएर दिवस मनाइएको छ । राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई टोपी दिवसको रुपमा मानिएको छ ।
मेलमिलाप दिवसको मर्म नभुलौं
शुक्रबार, पुस १७, २०७७
देशभर नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बिहीबार मनाएको छ । नेपाली काँग्रेसले पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउन थालेको ४५ वर्ष पुगिसकेको छ ।
उधौली पर्व र योमरी पुन्ही
बिहीबार, पुस १६, २०७७
किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) बुधबार देशभर मनाइएको छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा उधौली पर्वलाई लिने गरिन्छ ।
नेवार समुदायको जाडोको परिकार योमरी
बुधबार, पुस १५, २०७७
आज धान्य पूर्णिमा, योमरी पुन्ही । आज नै किरात समुदायहरुको उधौली पर्व पनि हो । प्रत्येक वर्ष मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा तिथिलाई धान्य पूर्णिमा भनिन्छ ।
लोकतन्त्र माथिको खतरा
बुधबार, पुस १५, २०७७
संविधानको वरखिलाफ प्रधानमन्त्री केपी ओलीबाट भएको संघीय संसद् विघटनपछि उत्पन्न प्रतिकूल राजनैतिक अवस्थाले मुलुक फेरि दिन प्रतिदिन अराजकता तर्फ धकेलिने समस्या उत्पन्न भएको भान हुन थालेको छ । नेकपाको प्रचण्ड बहुमतको सरकारलाई चकनाचुर हुने गरी गरिने क्रियाकलाप भन्दा पनि संविधानमै नभएको अधिकार प्रयोग गरेको देखाएर संसद् विघटन गर्ने कार्यले चारै...
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं
मंगलबार, पुस १४, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र नराम्रोसँग थलिएको छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै तामझामका साथ देशी तथा विदेशी पर्यटक भित्र्याउन गरेका प्रयास कोभिडका कारण निरर्थक भए ।


