Shittalpati
इन्टरनेट र यसको प्रयोग

इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक विश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो । जसमा संसार भरिका कम्प्युटरसँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचनाहरू आदान–प्रदान गर्न सक्छन । सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा विश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडी प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ । शुरुका दिनहरूमा इन्टरनेट सेवा पुरानो टेलिफोन र भू–उपग्रह प्रविधिमार्फत उपलब्ध थियो । इन्टरनेट सेवा एक विशेष तर सानो आकारबाट शुरु भएर हाल सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा अभिन्न पक्षहको रूपमा प्रयोग हुँदैछ ।

इन्टरनेटलाई एक अपरिहार्य पूर्वाधारको रूप लिइएको छ । इन्टरनेटको माध्यमबाट हामीले संसारको जुनसुकै कुनामा बसेर पनि औंला चलाएको भरमा आफूलाई चाहिएको सूचना प्राप्त गर्न सक्छौ । यो आफैमा सकारात्मक हो । यसलाई ज्ञान आर्जनको साधन, सूचना आदान–प्रदानको माध्यम, सञ्चार र कुराकानी गर्न उपयोग गर्ने गरिएको पनि छ । मानिसको दिनाचार्य आजभोलि मोबाइल र इन्टरनेट पर्याय बनेको छ । इन्टरनेटलाई ज्ञान, सूचना र मनोरञ्जनका लागि आधुनिक गुरु कै रुपमा मानिएको छ । तर पछिल्लो समय इन्टरनेटलाई सदुपयोग मात्रै हैन दुरूपयोग पनि गरिएको छ । यो भने दुखद् हो । इन्टरनेटमा राम्रा सामग्री मात्र हुँदैन ,मानिसलाई कुलतमा लगाउने खालका नराम्रा सामग्री पनि हुन्छन् । आफुलाई आवश्यक परेका राम्रो सामग्री मात्र उपयोग गर्नु राम्रो हुन्छ । तर, अहिले आएर त्यसो हुन सकेको छैन । इन्टरनेटको ठीक तवरले उपयोग नगर्दा अधिकास बालबालिकाहरु विर्गेका पनि छन् । उनीहरु पढ्ने समयम फेसबुकमा नै समय व्यतित गरेका हुन्छ । यसो गर्दा भविष्यका कर्णदार मानिएका बालबालिकाहरु राम्रो लाइनमा भन्दा पनि नराम्रो लाइनमा जाने खतरा हुन्छ । यसर्थ बालबालिकाहरुलाई इन्टरनेटको सहि प्रयोगमामात्र लगाउन सके यसबाट धेरै फाइदा हुन्छ

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update