Shittalpati
एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं, प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । प्रस्ताव पारित भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेका छन् ।

सभामुख सापकोटाले अनुदान सहायता सम्झौता सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनी मतका आधारमा प्रक्रियामा लगेका थिए । प्रस्ताव स्वीकृत भएसँगै सभामुख सापकोटाले एमसीसी अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा संशोधन नहुने जानकारी गराएका थिए । सम्झौता अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा आरक्षण सम्बन्धी व्यवस्था अर्थात संशोधनको व्यवस्था नभएको भन्दै सभामुखले साढे ६ बजेसम्मका लागि बैठक स्थगित गरे । साढे ६ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतालाई निर्णयार्थ पेश गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update