Shittalpati
पाल्पाको रामपुरमा कुटपिटबाट एक व्यक्ति घाइते

पाल्पा । जिल्लाको रामपुर नगरपालिका ६ बिजयपुरमा कुटपिटबाट एक व्यक्ति घाइते भएका छन् । बिजयपुर स्थित बिजय श्रेष्ठको घरमा कोठा भाडामा बस्दै आएका रुपन्देही तिलोत्तमा नगरपालिका ४ का ३२ वर्षीय हरी चौधरीसँगै बस्दै आएका साथीको कुटाइबाट घाइते भएका हुन् ।

लेवर काम गर्दै आएका कपिलबस्तु बाणगंगा नगरपालिका ११ ओदारीका ४० वर्षीय हरमान चौधरीले सुतिरहेको अबस्थामा हरीलाई एक्कासी रडले टाउकोमा हानि घाईते बनाएको प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ । घाईते चौधरीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भई रहेको छ । कुटपिट गर्ने हरमानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update