गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु
                        
                        
                                                
                                            
                                                                    पाल्पा । गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको मदानेगाउँपालिका ४ म्यालपोखरी आरुपाटाका ५० वर्षीय लुके खत्रीको विषादी सेवनबाट मृत्यु भएको हो । खत्रीले आफ्नै घरको कोठामा तरकारीको किरा मार्न प्रयोग गरिने विषादी सेवन गरी मृत्यु भएको प्रदेश पाँचको प्रादेशिक प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    