Shittalpati
पाल्पामा घर भत्किएर च्यापिंदा एक युवकको मृत्यु

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका ६ खानीगाउँमा अचनाक घर भत्किदा एक युवकको मृत्यु भएको छ । सोही स्थानकी कान्तिसरा कनौजेको घर भत्किएर च्यापिंदा उनका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।

उनी सुतिरहेको अवस्थामा घर भत्किएर च्यापिंदा गम्भीर घाइते भएका थिए । कंनौजेको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै कनौजेका २ वटा भैसी समेत पुरिएको अवस्थामा फेला पारिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update