Shittalpati
प्रहरीलाई कुट्ने तीन युवा माथि मुद्दा दर्ता

पाल्पा । जिल्लाको रामपुरमा मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने तीन यूवाहरु माथि मुद्दा दर्ता गरिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान कुटेको आरोपमा युवाहरु माथि मुद्दा दर्ता गरिएको हो । रामपुर वडा ४ का २० वर्षिय सुसन नेपाली, ३५ वर्षिय मनबहादुर नेपाली र वडा ५ का २२ वर्षिय सुरज सार्कीले मादक पदार्थ सेवन गरी हो–हल्ला गरी अशान्ति फैलाएकोले निजहरुलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणको लागि अस्पताल ल्याईएको र स्वास्थ्य परीक्षण गर्ने क्रममा अस्पतालमा सुरक्षार्थ खटिएको प्रहरी जवान जयप्रकाश चौधरीलाई निजहरुले अस्लिल शब्दमा गाली गलौज गर्दै हातपात तथा कुटपिट समेत गरेका थिए ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्‍छेद–२ को सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिई थप अुनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update