Shittalpati
धर्मचक्र बौद्ध युवा संघको सातौँ अधिवेशन

पाल्पा । धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार, तानसेनको सातौँ अधिवेशन भएको छ । कोरोना महामारीका बिच औपचारिक कार्यक्रमको आयोजना गरी अधिवेशन भएको हो । तानसेनमा भएको अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको छ । जसको अध्यक्षमा दिनेश बहादुर बज्राचार्य, नि.अध्यक्ष विरेन्द्रराज शाक्य, उपाध्यक्ष वसन्त लाल बज्राचार्य, महासचिव नारायण बहादुर बज्राचार्य, कोषाध्यक्ष जितेन्द्र बहादुर बज्राचार्य, सचिव विनोद शेषर बज्राचार्य, सम्पादक अनुराधा बज्राचार्य, ज.स.अ. धिरज बज्राचार्य, का.का.स.हरु राजेश बहादुर बज्राचार्य, धिरज बज्राचार्य, प्रशन्त बज्राचार्य,प्रविण बहादुर बज्राचार्य, अन्जुला बज्राचार्य, दिप्ती बज्राचार्य र विनय राज बज्राचार्य निर्विरोध निर्वाचित भएको अधिवेशनका निर्वाचन अधिकृत उत्पल कुमार बज्राचार्यले बताए ।

सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञानमाला संघका पूर्व अध्यक्ष देवेन्द्र मान शाक्यले शपथ ग्रहण गराएका थिए । अधिवेशनको प्रमुख अतिथि चक्रेश्वर थापा र सन्तलाल बज्राचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा महेश मान बज्राचार्यले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा ज्ञानमाला संघका अध्यक्ष सरोज लाल शाक्य, बौद्ध महिला सेवा समितिका अध्यक्ष शोभा शाक्य, अध्यक्ष महेश मान बज्राचार्य,सञ्जय राज शाक्य, निर्वाचन अधिकृत उत्पल कुमार बज्राचार्य, ज्ञानमाला सभाका अध्यक्ष बुद्ध रत्न शाक्य, चुडाकर्म व्रतबन्ध संघका सचिव विरेन्द्र काजी शाक्य लगायतले नवर्निाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष दिनेश बहादुर बज्राचार्यले आफ्ना भावी योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम विरेन्द्रराज शाक्यको अध्यक्षता, नवनिर्वाचित महासचिव नारायण बहादुर बज्राचार्य र वसन्तलाल बज्रचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update