Shittalpati
गुल्मीमा कुटपिटबाट युवकको मृत्यु

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–१ हस्तिचौरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । इस्मा २ हस्तिचौरका २३ वर्षीय मोतीबहादुर कुँवरको कुटपिटबाट मृत्यु भएको हो । हस्तिचौरको छिन्नाखेलामा होटेल सञ्चालन गर्दै ती युवक कुटपिटबाट घाईते भएका थिए । उनको जिल्ला अस्पताल ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई कसले कुटपिट गरेको हो भन्ने विषय भने खुल्न सकेको छैन । अवस्था हेर्दा कुटपिट गरेर घाइते बनाएर छाडिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

उनी र दाई यमबहादुर कुँवरले छिन्नामा होटेल सञ्चालन गर्दै आएका थिए । आइतबार साझ दाजु घर गएको र आज विहान होटलमा पुग्दा भाइलाई रगताम्य भई अचेत अवस्थामा भेटाएका थिए । उनलाई सोमबार विहान तत्कालै सदरमुकाम जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update