Shittalpati
पाल्पाको तिनाउमा ढुंगाले लागेर घाइते भएकी बालिकाको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगाले लागेर घाइते भएकी ३ वर्षीया बालिका करिश्मा चौहानको मृत्यु भएको छ । अविरल वर्षाका कारण गोविन्द्र सोमैको घर माथिको पहाडबाट खसेको ढुंगाले लाग्दा माथागढी गाउँपालिका ७ रहवासकी बालिकाको उपचारको क्रममा बिहीबार विहान मृत्यु भएको हो । रुपन्देहीको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार गराइरहेकी उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

बालिकाकी आमा २९ वर्षीया समीक्षा चौहानको मंगलबार राति नै निधन भएको थियो । तीज मान्न माइत आएका आमाछोरी घरमाथिबाट आएको ढुंगाले लागेर घाइते भएका थिए । घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु जिल्लामा जारी निषेधाज्ञाका कारण घर फर्किन सकेका थिएनन् । मंगलबार साँझ उनीहरु माइती घरको छिमेकीकहाँ मोबाइल चार्ज गरी बसेको अवस्थामा माथिबाट ढुंगा आइ घरको छानो टिन सहित च्यापेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update