दलित समुदायलाई आधुनिक आरन
                        
                        
                                                
                                            
                                                                    स्याङ्जा । गल्याङ नगरपालिकाले आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ । नगरपालिकामा आरन व्यवसाय सञ्चालन गर्दै आएको दलित समुदायलाई हाते यन्त्र (हेण्ड ब्लोर) वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख भूपराज अधिकारीले व्यवसायीलाई आरनमा प्रयोग गरिने हाते यन्त्र हस्तान्तरण गर्दै परम्परादेखि चल्दै आएका पेशा र व्यवसायको संरक्षणका लागि नगरपालिकाले सहयोग गर्ने बताए । नगरपालिकाभित्र आरन व्यवसाय गर्दै आएका १७ व्यवसायीलाई यन्त्र हस्तान्तरण गरिएको नगरपालिकाका भण्डार शाखा प्रमुख सन्तोष कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    