कर्मचारीमा संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकामा सेवा बन्द
                        
                        
                                                
                                            
                                                                    बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना संक्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जनाएका छन् । -रासस
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    