Shittalpati
पाल्पामा पनि जेन–जीको प्रदर्शन– ‘नालायक सरकार राजीनामा दे’

तानसेन, पाल्पामा पनि जेन–जी पुस्ताको समूहले प्रदर्शन गरेका छन् । फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जाल माथिको निलम्बन तथा भ्रष्टाचारविरुद्ध देशव्यापी उभिएको जेन–जीले सोमबारदेखि यहाँको तानसेन, रामपुर लगातका शहरमा विरोध प्रदर्शन गरिरहेको छ ।

तानसेनका चोकमा जेनजी समूहले स्वतःस्फूर्त रूपमा विरोध कार्यक्रम आयोजजा गरी  देशमा व्याप्त बेथिति,भष्ट्राचरण,सामाजिक सञ्जाल माथिको प्रतिवन्धसहित सरकारको विरोध जनाएका छन् । विभिन्न प्ले कार्ड बोकेका युवा पुस्ताहरुले नालायक सरकार राजीनामा दे, युवा मार्न पाइँदैन, भ्रष्ट्राचारीलाई फसी दे जस्ता नारा लगाउँदै विभिन्न चोकहरुमा प्रदर्शन गरिरहेका छन् ।

नारा जुलुससहित सडकमा उत्रिएका युवाहरुले मख्नटोल, सित्तलपाटी, नारायणस्थान, भिमसेन टोल आन्दोलनचोक, माथिल्लो पेट्रोलपम्प, तेर्सो सडक लगायतका स्थानमा पुगेर प्रदर्शन गरेका छन् । कार्यक्रममा कुनै पनि राजनैतिक दलको भावना र प्रतिनिधित्वलाई अस्वीकार गर्दै जेनजी युवाहरूले बिगतदेखि सरकार सञ्चालनका  गतिविधि मुलुकहित विपरीत रहेको,भ्रष्टाचार मौलाएको,परिबार हाबी भएको, जनताका आवाजलाई दबाउने कोसिस सुरु भएको आरोप लगाए । सरकार र नेतृत्वलाई मुलुकका हितमा लाग्न सचेत  गर्दै कार्यक्रममा अभिव्यक्त जेनजीका आवाजलाई कम नआक्न युवाहरूले चुनौती दिँदै देशव्यापी झुल्किएका आगोका झिल्काहरू बेतिथिको अन्त्य पछि मात्र निभ्ने बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update