
पाल्पा, महिला प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएकी विनु बज्राचार्य कुंवरले सबैपक्षसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।
हालै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएकी प्रजिअ कुंवरले जिल्लामा शुसासन कायम गर्दै निति नियम र कानुनको परिधिमा रही सबैको समन्वयमा काम गर्ने प्रतिवद्धता जनाएकी हुन् । बुधबार जिल्लाका पत्रकारहरुसँग भेटघाट गर्दै प्रजिअ कुंवरले सुशासान, पादर्शीता, चुस्त सेवा प्रवाहका लागि आफु प्रतिवद्ध भएर लाग्ने भन्दै आवश्यक सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरिन् । उनले सूचनाको हक कायम गर्ने दिशामा समेत आफु सक्रिय भएर लाग्ने बताइन् । प्रजिअ कुंवरले धार्मिक, पर्यटकीय, शैक्षिक महत्व बोकेको जिल्लामा आउन पाउँदा अत्यन्त खुसी लागेको भन्दै यहाँ रहँदा आफुलाई सहयोग गरिदिन आग्रह गरिन् । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सरकारी कार्यालयहरुमा पत्रकार मैत्री व्यवहार नभएको, सबै कार्यालयमा सूचना अधिकारीले पूर्ण जिम्मेवारी नपाएकाले पत्रकारहरुले समयमा सूचना नपाएको अवस्था भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।