Shittalpati
पाल्पाका श्रीकृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड 

पाल्पा, आज कृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा  पाल्पाका विभिन्न स्थानका श्रीकृष्ण मन्दिरहरुमा विहा नै देखी भक्तजनहरुको भिडभाड बढेको छ ।  आज विहानै देखी  पाल्पाका भक्तजनहरु श्रीकृष्ण मन्दिरमा पुगी पुजा आजा जप ध्यान भजन कृतन गरेका छन् । 

द्धापर युगमा पृथ्वीमा कंश जस्ता राक्षसहरुको अन्याय अत्याचार बढ्दै गएपछि भगवान विष्णुले आजकै दिन श्रीकृष्णको रुपमा जन्म लिई सत कर्म गर्ने देवताहरुको लागि न्याय दिलाएको दुसकर्म गर्ने राक्षसहरुको नास गरेको  धार्मिक विश्वास रहँदै आएको छ ।भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा  भक्तजनहरु विहानै नदी, तलाउ, कुवा, धारामा  स्नान गरी चोखा बस्त्र  लगाएर उपवास बसी भगवान श्रीकृष्णको ध्यान गर्दै बर्त बसेका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा तानसेनको कैलाशनगर, भालेवास, मखनटोल, ताहुँको रम्भापानी लगायत पाल्पाका विभिन्न कृष्ण मन्दिरहरुमा  पुजाआजा भजन कृतन गर्नेहरुको  भिडभाड लागेको छ । यसैगरी अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ स्कन पाल्पाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भजन कृर्तन आरती, श्रीकृष्ण प्रवचन, श्रीकृष्ण लिला सम्बन्धी नाटक र भक्तजनहरुलाई प्रसाद वितरण  कार्यक्रमको आयोजना गरेको छ ।

भगवान श्रीकृष्णको महिमा गाउने बर्त बस्ने उपवास बस्ने भक्तजनहरुको अञ्जानमा गरेको पापहरुको क्षमा हुने यस जन्म सुख शान्ती प्राप्त हुने, स्वर्गारोहरण पछी आत्माले बैकुण्ठमा बास पाउने धार्मिक विश्वास रहँदै आएको छ । यसै गरी राधा माधव समिति पाल्पाले पनि कृष्णजन्माष्टमीको अवसरमा भजन कृतन गर्दै पुजा आजा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update