Shittalpati
तानसेनमा पसलको अनुगमन गरिने

पाल्पा,तानसेनमा पसलहरुको अनुगमन गरिने भएको छ । जिल्ला आपूर्ति व्यवस्थापन समितिले जिल्लाको खाद्ययान्न, तरकारी, औषधी, दुग्धजन्य लगायतको पसलहरु पूर्व निर्धारित समयमा खोल्ने र अन्य पसलहरु बन्द नै राख्ने निर्णय गरेसँगै पसलहरुको अनुगमन गरिने भएको हो ।

समितिको निर्दैशन पालना भए नभएको जानकारीका लागि पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले नियमित अनुगमन गर्ने छन् । विहिबार बसेको जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकले पसलहरुको नियमित अनुगमनका लागि पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघलाई दिने निर्णय गरेको हो । बैठकले अघिल्ला बैठकको निर्णयहरुको समिक्षा, जिल्लाको सिसिएमसीको बैठकको निर्णयलाई कार्यान्वयन, कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णयलाई मान्दै जिल्लाको खाद्यान्न, तरकारी, औषधी, दुग्धजन्य लगायएको पसलहरु पूर्व निर्धारित समयमा खोल्ने अन्य पसलहरु बन्द नै राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update