धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’
शनिबार, पुस ११, २०७७

सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग
शुक्रबार, पुस १०, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले आज यही पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
शुक्रबार, पुस १०, २०७७
दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो ।

गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी
शुक्रबार, पुस १०, २०७७
गुल्मी जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मा आएकी छन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा आएकी हुन् ।

मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ
शुक्रबार, पुस १०, २०७७
मोटरसाईकल चोरी गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।

आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
शुक्रबार, पुस १०, २०७७
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवकोे उपलक्ष्यमा देशभरका इसाईहरूले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउने गर्दछन् ।

नेकपामा तोकिए सात प्रदेशका संयोजक
बिहीबार, पुस ९, २०७७
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।

तानसेनमा ५ जना कोरोना संक्रमित थपिए
बिहीबार, पुस ९, २०७७
तानसेनमा ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार र विहीबारको प्राप्त विवरण अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालमा एक जना महिला र ४ जना पुरुष गरी ५ जना संक्रमित देखिएका हुन् ।

पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक
बिहीबार, पुस ९, २०७७
पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो ।

गुल्मीदरवार गाउँपालिकाले बाँझो जमिनको लगत संकलन गर्दै
बिहीबार, पुस ९, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले हरेक वडामा बाँझो जमिनको लगत लिइरहेको छ । गाउँपालिका भित्र बाँझो जमिन नराख्ने योजना सहित गाउँपालिकाले लगत संकलन कार्य अगाडि बढाएको हो ।

कोरोना संक्रमण हुने भन्दा निको हुने बढे
बुधबार, पुस ८, २०७७
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ भने निको हुँनेको दरमा वृद्धि हुँदै गएको छ । संक्रमणको अवस्था कायमै रहे पनि संक्रमितको दरमा निको हुनेको तुलनामा कमी आएको हो ।

संसद् विघटनविरुद्ध पाल्पामा जसपाद्वारा विरोध प्रदर्शन
बुधबार, पुस ८, २०७७
संसद् विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) पाल्पाले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कत भएको भन्दै त्यसको विरूद्ध बुधबार जसपाले विरोध प्रदर्शन गरेको हो ।

दाहाल संसदीय दलका नेतामा चयन
बुधबार, पुस ८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको निवर्तमान सांसद देवप्रसाद गुरुङले जानकारी दिए ।