Shittalpati
संसद् विघटनविरुद्ध पाल्पामा जसपाद्वारा विरोध प्रदर्शन

पाल्पा । संसद् विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) पाल्पाले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कत भएको भन्दै त्यसको विरूद्ध बुधबार जसपाले विरोध प्रदर्शन गरेको हो ।

सरकारको निर्णयविरुद्ध जसपाले पाल्पा सहित देशभर नै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गरेको छ । जसपा पाल्पाले जिल्ला प्रसाशन कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेको हो । पार्टीका नेता कार्यकर्ताहरुले सरकार विरोधमा नारा लगाउदै तानसेन परिक्रम गरेका थिए ।

विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने असंवैधानिक/अलोकतान्त्रिक/प्रतिगमनकारी हर्कत गरेको आरोप लगाएका छन् । उनीहरुले सरकारले जनविरोधी काम गरेकाले आफुहरु सडकमा आउनुपरेको बताएका छन् । तत्काल संसद् पुर्नस्थापना गर्न समेत जसपाले माग गरेको छ । सरकारको निर्णय विरुद्ध मोर्चाबन्दीमा जुटेको जसपाले यसअघि नै ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । सोही अनुरुप बुधबार देशभर प्रदर्शन गरेको जसपाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update