राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन पाल्पाका शिर्ष नेताहरुको आग्रह
मंगलबार, माघ २, २०८०
नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा तानसेनमा
सोमबार, माघ १, २०८०
डेरी व्यवसायीहरुको छाता संगठन नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा पाल्पाको तानसेनमा भएको छ ।
कहालीलाग्दो सवारी दुर्घटना
आइतबार, पुस २९, २०८०
नेपालगञ्जबाट काठमाडौं जानेक्रममा राप्ती नदीमा शुक्रबार राती भएको कहालीलाग्दो बस दुर्घटनामा १२ यात्रुको ज्यान गएको छ । यात्रुले खचाखच भरिएको भे. १ ख.३९१२ नम्बरको नमस्ते यातायात प्रालिको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजेतिर भालुबाङको राप्ती पुलबाट नदीमा खस्दा १२ जनाको अकालमै ज्यान गएको हो ।
सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा लागु गर्छौं : मिसन अस्पताल
बिहीबार, पुस २६, २०८०
युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताएका छन् । बुधबार युनाइटेड मिसन अस्पताल तानसेनको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निर्देशक आचार्यले अस्पतालसँग भएका सम्झौता कार्यान्वयन गरे आफुहरु ...
फैसला कार्यान्वयनमा पाल्पा प्रहरीको सक्रियता
बुधबार, पुस २५, २०८०
जिल्ला अदालत पाल्पाले गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ । घटना लगत्तै र अदालतको फैसला पछि फरार रहेका कसुरदारलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको हो ।
प्रहरी महानिरीक्षक कुंवरद्वारा प्रहरी कार्यालय पाल्पामा नवनिर्मित भवन उद्घाटन
आइतबार, पुस २२, २०८०
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कार्यालय पाल्पाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।
निर्यात बढाइ आयात कम गरी व्यापार घाटा कम गराउँछौ : अर्थमन्त्री महत
शनिबार, पुस २१, २०८०
नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले निर्यात बढाइ आयात कम गरी देशको व्यापार घाटा कम गर्ने बताएका छन् । शुक्रबार रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी सस्थाको २५ औं साधारण तथा रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै निर्यात बढाइ आयात घटाएर व्यापार घाटा कम गर्ने बताएका हुन् ।
जहाँ विपद् त्यहाँ काँग्रेस
बुधबार, पुस १८, २०८०
नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । पार्टीभित्र नेताहरु गुट, उपगुट बनाएर अगाडि बढे पनि जनताको दुखमा भने सधैं एक हुन्छ ।
राष्ट्रिय एकताको कुरा गर्ने काँग्रेस आफैं छिन्नभिन्न
सोमबार, पुस १६, २०८०
आज पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस । बिपी कोइरालाले आजभन्दा ४७ वर्षअगाडि यसै दिन सबै खाले राजनीतिक एवं व्यक्तिगत जोखिमको परवाह नराखी देशको अस्तित्व संकटमा परेको महशुस गरी राष्ट्रियता र देशको अस्तित्वका लागि ‘राष्ट्रिय एकता र मेलमिलाप’को प्रस्ताव राखेका थिए ।
सिजी सिमेन्ट उद्योग र स्थानीयबीच टकराव बढ्दै
आइतबार, पुस १५, २०८०
केहि समययता पाल्पामा सञ्चालित सिजी सिमेन्ट उद्योग र स्थानीय बिच विवाद बढ्दै गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगले स्थानीयका सामान्य माग सम्बोधन नगरी जबर्जस्ती ढंगले काम गर्न खोजेपछि उद्योग र स्थानीयबीचको टकराव बढ्दै गएको हो ।
सिजी सिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित
शनिबार, पुस १४, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि स्थानीय थप आक्रोसित बनेका छन् ।
अलमलमै प्रचण्ड सरकारका एक वर्ष
बुधबार, पुस ११, २०८०
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार गठन भएको मंगलबार एक वर्ष पुरा भएको छ । २०७९ पुस १० मा गठन भएयता सरकारले जनताको तहसम्मै प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न नसकेको आमबुझाइ छ ।
सिद्धबाबा सुरुङ निर्माणका लागि फेरि सडक बन्द गरिदैं
मंगलबार, पुस १०, २०८०
राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन फेरी सडक बन्द गर्न लागिएको छ । निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।


