जनताका समस्या र गुनासा सुन्दै समुुदायमा काँग्रेस
मंगलबार, माघ २३, २०८०
आन्तरिक पर्यटन प्रवर्धनमा ‘नेशनल लाईफ’
शुक्रबार, माघ १९, २०८०
नेपालकै सबैभन्दा पुरानो बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले वित्तिय क्षेत्रसँगै पर्यटन प्रवर्धननमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कम्पनीले बेला–बेलामा आफ्ना अभिकर्ता, कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप देशका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन, भ्रमण गराई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको हो ।
उपेक्षामा सच्चा सहिद
मंगलबार, माघ १६, २०८०
हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आएको छ । माघ १० देखि १६ गतेसम्म सहीदलाई सम्झने चलनलाई यसपटक पनि निरन्तरता दिँदै आज देशभर ‘सहिद दिवस’ मनाइँदै छ । हरेक वर्ष दिवस मनाउने गरिए पनि त्यो औपचारिकतामै सिमित बन्ने गरेको छ ।
कुष्ठरोगी पहिचानमै सकस
सोमबार, माघ १५, २०८०
कुष्ठरोगी पहिचानमा सकस भएको छ । उनीहरु अझै पनि खुलेर बाहिर आउन नसक्दा पहिचानमा सकस देखिएको हो । यो रोग नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भएपनि समाजमा अपहेलित होइने डरले निर्धक्कसँग खुल्न नसक्दा रोग पहिचानमै सकस देखिएको छ ।
लुम्बिनीमा विषयगत समितिको नेतृत्व चयन लागि गठबन्धनमा कुनै समस्या छैन ः सभापति पुन
आइतबार, माघ १४, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा विषयगत समितिको नेतृत्व चयनका लागि गठबन्धन दलमा कुनै पनि समस्या नभएको बताएका छन् ।
सहकारीमार्फत उजाडिएका बस्ती बनाउन लागौं : सांसद राना
आइतबार, माघ १४, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत उजाडिदै गएका बस्ती बनाउने दिशामा लाग्न सहकारी अभियान्ताहरुलाई आग्रह गरेका छन् ।
नागरिक सहकारीको दोस्रो अधिवेशन , अध्यक्षमा पुनः झमन
शनिबार, माघ १३, २०८०
श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्था तानसेनको अध्यक्षमा पुनः झमनबहादुर राजमगर निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिबार तानसेनमा भएको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले झमनलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
जनप्रतिनिधि : चुनाव जिते, वाचा भुले
शुक्रबार, माघ १२, २०८०
गत स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका पाल्पाका स्थानीय तहका जनप्रतिनिधिले २० महिना बितिसक्दा तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् । उनीहरुले मतदाता रिझाउनकै लागि स्थानीय तहको चुनावी घोषणापत्रमा जे जस्ता सपना देखाए, डेढ वर्षपछि पनि ती सपना मात्रै छन् ।
रुपन्देहीमा चिसोका कारण धमाधम बन्द हुँदै विद्यालय
सोमबार, माघ ८, २०८०
केही दिन यता रुपन्देहीमा बाक्लो हुस्सु र शितलहरसँगै चिसो बढेपछि धमाधम विद्यालय बन्द हुन थालेका छन् । अत्यधिक चिसो बढेको भन्दै यहाँका स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बढ्दै गएको चिसोका कारण बालबालिकामा समस्या हुने भन्दै स्थानीय सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।
सहकारीमार्फत कृषिजन्य वस्तुको बजारीकरण
आइतबार, माघ ७, २०८०
पछिल्लो समय कृषि उत्पादन र बजारीकरणमा सहकारीले लगानी बढाएका छन् । बचत र ऋणमा मात्रै केन्द्रित हुँदै आएका सहकारी पछिल्लो समय कृषिजन्य उत्पादन र बजारीकरणमा लागेका हुन् । जिल्ला सहकारी संघ पाल्पाका अनुसार पाल्पामा ३ सय ९ सहकारी छन् ।
अब सहकारीहरु प्रविधिमैत्री बन्नुपर्छ : अध्यक्ष पाण्डेय
शुक्रबार, माघ ५, २०८०
जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष भूपति पाण्डेयले अब सहकारीहरु प्रविधिमैत्री बन्नुपर्ने बताएका छन् । शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २४ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले पछिल्लो समय सहकारीहरुमा समस्या देखा परेकाले अब सहकारीहरु प्रविधिमैत्री बन्न आवश्यक रहेको बताएका हुन् ।
पहिलो पटक प्रदेश सांसद बनेका सारूको एक वर्ष
शुक्रबार, माघ ५, २०८०
पाल्पा क्षेत्र नं. १(२) का लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले प्रदेश सभाको पहिलो एक वर्षे कार्यकाल बिताएका छन् । प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक २०७९ पौष १७ गते सांसदको सपथ ग्रहण गरेका सारुको पहिलो एक वर्ष सकिएको हो ।
मनकारी सांसद राना
बिहीबार, माघ ४, २०८०
अधिकांश जनप्रतिनिधि/सांसदहरु निर्वाचनका बेला जनतासँग गरेका बाचाहरु फुलेर आफ्नै सुखसयलमा रमाउन तल्लिन छन् । जनप्रतिनिधि जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका बेला लुम्बिनी प्रदेशका एक सांसदले भने व्यक्तिगत खर्च गरेरै भए पनि जनतालाई परेका अफठ्यारा र समस्यामा साथ दिएका छन् ।


