तानसेन–रानीमहल सडक स्तरोन्नती अन्तिम चरणमा
शुक्रबार, फागुन १८, २०८०
६ महिनामा नेपालले भारतलाई बेच्यो १३ अर्ब बढीको विजुली
बिहीबार, फागुन १७, २०८०
पछिल्लो समय नेपालले विद्युत निर्यातमा फड्को मार्दै गएको छ । विगतमा ठूलो मात्रमा विजुली आयात गर्दै आएको नेपालले पछिल्लो केही समय यता भने ठूलो मात्रमा निर्यात गर्न थालेको छ ।
पाल्पा जिप दुर्घटना : शोकमा मृतकका परिवार, सान्त्वना दिन घरमै पुग्यो काँग्रेस
शुक्रबार, फागुन ११, २०८०
शोकाकुल अवस्थामा रहेका मृतकका परिवारलाई सान्त्वना दिन र उनीहरुको अवस्था बुझ्न शुक्रबार नेपाली काँग्रेस पाल्पाको एक टोली उक्त गाउँमा पुगेको छ ।
संसदमा उठ्यो किसानका कुरा
शुक्रबार, फागुन ११, २०८०
कृषि प्रधान देशका किसानहरुका समस्या सांसदहरुका लागि खासै ठूलो ‘इस्यू’ बन्दैन । वर्षौंसम्म जंगली जनावरबाट बाली जोगाउन सकसमा परेका किसान हुन वा उत्पादन भए पनि बजार नपाएर कृषि उपज खेर फाल्नु परेका किसानका समस्या किन नहुन्, यी विषयमा संसदमा कमैमात्र छलफल हुने गरेको छ ।
पाल्पामा पनि राप्रपाको दवाबमूलक प्रदर्शन, सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुधबार, फागुन ९, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाल्पासहित देशैभर दवाबमूलक प्रदर्शन गरेको छ । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग...
सुरक्षा योजना बनाएर काम गर्छु : एसपी चन्द
बुधबार, फागुन ९, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र चन्दले प्रभावकारी सुरक्षा योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साइबर ब्युरो अपराध अनुसन्धान शाखा भोटाहिटीबाट पाल्पामा सरुवा भई आएका चन्दले मंगलबार जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लाको शान्ति सुरक्षालाई मजबूद बनाउन प्रभावकारी सुरक्षा योजना बनाएर...
संकटमा प्रजातन्त्र
मंगलबार, फागुन ८, २०८०
७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
पाल्पामा ‘दादुरा–रूबेला खोप अभियान’को तयारी
सोमबार, फागुन ७, २०८०
देशभर सञ्चालनको घोषणा गरिएको ‘दादुरा–रुबेला खोप अभियान’ को तयारी पाल्पामा तिव्र पारिएको छ । फागुन १३ गतेदेखि २७ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दिन लागिएको दादुरा–रुबेला रोग विरुद्ध खोप अभियान तिव्र पारिएको हो ।
बाल ज्योति प्राविको उन्नतिको यात्रा
आइतबार, फागुन ६, २०८०
कक्षा पाँचसम्म पढाइ हुने तानसेन नगरपालिका–७ काजीपौवास्थित बाल ज्योति प्राथामिक विद्यालयमा विद्यार्थी न्यून भएपछि अर्को विद्यालयसँग मर्ज गर्ने अवस्थामा पुगेको थियो । २०६९/०७० तिर विद्यार्थी संख्या २० जना थिए । थोरै विद्यार्थी भएपछि शिक्षा कार्यालयले स्कूल मर्च गर्ने बताएको थियो । गाउँलेले सुधार्ने भन्दै समायोजन नगर्न माग राखे ।
संस्कार सिक्दै सिद्धी विनायकका विद्यार्थी
शनिबार, फागुन ५, २०८०
विशेषतः विद्यालयमा विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र सिकाइन्छ । सैद्धान्तिक ज्ञानमै सिमित गराईने विद्यार्थीले न व्यवहारिक ज्ञान हासिल गर्न सक्छन् नत संस्कार सहितको शिक्षा नै । जसका कारण पछिल्लो समय समाज न सभ्य बन्न सकेको छ नत जन्मदिने बाबुआमा नै सम्मानित ।
सवारी दुर्घटनाको कहालीलाग्दो शृङ्खला
शुक्रबार, फागुन ४, २०८०
सिद्धार्थ राजमार्गको डुम्रेबाट पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाने क्रममा चिदिस लुम्पेकडाँडामा मंगलबार साँझा भएको कहाली लाग्दो जिप दुर्घटनामा १० जना यात्रुको ज्यान गयो । यात्रुले खचाखच भरिएको लु १ ज २३७१ नम्बरको जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटना हुँदा १० जनाको अकालमै ज्यान गएको हो, भने १८ जना घाइते...
मानव अधिकार संगठनको राष्ट्रिय सम्मेलन पाल्पामा, संगठनको अध्यक्षमा अर्याल
सोमबार, माघ २९, २०८०
नेपाल मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलन पाल्पाको ऐतिहासिक नगर तानसेनमा भएको छ । संगठन पाल्पा शाखाको आयोजनामा सोमबार राष्ट्रिय सम्मेलन २०८० भएको हो ।
पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल
शनिबार, माघ २७, २०८०
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय र अपमान हुने गरी काम नहुने बताएका छन् ।


