पाल्पासहित लुुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा
मंगलबार, असार १८, २०८१
हराउँदै रोपाइँको मौलिकता, गुञ्जिनै छाडे ‘असारे भाका’
सोमबार, असार १७, २०८१
पाल्पा, छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।
यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गर्थे । रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिने यस्ता गीतका भाका हिजो आज भने विरलै सुुनिन्छन् ।
मनसुनको प्रारम्भमै पहिरोको वितण्डा : ९ जनाको मृत्यु, २ जना घाइते
आइतबार, असार १६, २०८१
मनसुनकै सुरुवातमा पहिरोले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अरु २ जना घाइते छन् । बर्खा सुरु हुँदै गर्दा परेको वर्षाबाट देशका अधिकांश जिल्ला प्रभावित बनेका छन् ।
पाल्पा डेंगीको जोखिममा : सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह
शुक्रबार, असार १४, २०८१
स्वास्थ्य कार्यालय पाल्पाले जिल्ला डेंगीको जोखिममा रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । वर्षायाम सुरु भएसँगै संक्रमण ह्वात्तै बढेको भन्दै कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो ।
९ वर्षपछि पास फेल, धेरै विद्यार्थी अनुत्तीर्ण, सबै भन्दा बढी लुम्बिनीका
शुक्रबार, असार १४, २०८१
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले लेटर ग्रेडिङ लागु भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पास फेल उल्लेख भएको लब्धाड्ढपत्र सहितको नतिजा विहीबारसार्वजनिक गरेको हो ।
रक्सीको लतबाट छुटेका कुमालको अनुभव, भन्छन्–‘रक्सीले परिवार र समाजबाटै अपहेलित भइँदो रहेछ’
बिहीबार, असार १३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका घोरबन्दका प्रेमबहादुर कुमाल (प्रेम ठेकदार) लामो समय रक्सीको लतमा फसे । घरमा आमा बुवाले रक्सी खाने गरेका कारण खाना सिकेका उनी छोड्नै नसक्ने गरी लतमा फसेका थिए ।
पाल्पाका किसानलाई धान काट्ने चटारो
बुधबार, असार १२, २०८१
जिल्लाका फाँटहरुमा अहिले किसानलाई चैते धान काट्ने चटारो छ । मध्य असार लाग्नै लाग्दा पूर्वखोलाको जल्पा, रिङ्गनेरह र विरकोटका कोही किसानहरु खेतमा धमाधम धान काट्न तल्लीन छन् त कोही धानका भारी पिँठ्यूमा बोकेर खलामा लैजादै छन् ।
एचआईभी रोकथाममा नार्डेक
मंगलबार, असार ११, २०८१
जिल्लामा एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको समन्वयमा सोमबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो ।
लुम्बिनी प्रदेशको बजेटप्रति चौतर्फी आलोचना
आइतबार, असार ९, २०८१
आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको चौतर्फी आलोचना भएको छ । पहुँच र प्रभावका आधारमा मनपरी बजेट बाँडेको, बजेट कृषि र पर्यटन क्षेत्र विरोधी भएको विचौलियाका माध्ययमबाट योजना विनियोजन भएको भन्दै चर्को आलोचना भएको हो ।
तानसेनको नीति, कार्यक्रम र बजेट : उत्पादन, उत्पादकत्व र रोजगारी उच्च प्राथमिकतामा
शुक्रबार, असार ७, २०८१
जिल्लाको तानसेन नगर सरकारले नीति, कार्यक्रम र बजेट नगरसभामा पेश गरेको छ । नगर सभाको १५ औं अधिवेशनमार्फत आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम र बजेट पेश भएको हो । शुक्रबार अधिवेशनको पहिलो बैंठकमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले १२० बुँदे नीति तथा कार्यक्रम र उपप्रमुख प्रतिक्षा सिंजालीले बजेट पेश गरेका...
सिद्धबाबा सुरुङमार्ग : १२ दशमलव ६३ प्रतिशत भौतिक निर्माण सकियो
बिहीबार, असार ६, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पछिल्लो केही समय यता कामलाई तिव्रता दिएको हो ।
तानसेनमा प्रजनन् स्वास्थ्य शिविर, ६५ जना महिलाले लिए सेवा
बुधबार, असार ५, २०८१
तानसेनमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भीम भैरब उपशाखा तानसेनको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो ।
लुम्बिनीमा घट्यो गरिबीको दर
मंगलबार, असार ४, २०८१
लुम्बिनी प्रदेशमा गरिबीको दर घटेको छ । प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा गरिबी दर घटेको उल्लेख गरिएको हो ।


