सिद्धबाबा सुरुङमार्ग : आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी : बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार
मंगलबार, असोज ६, २०८३
भदौ १० गते भोटेकोशीमा आएको विनासकारी बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
‘संविधान दिवस’ को ११ वर्ष
शनिबार, असोज ३, २०८३
आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ११ वर्ष भएको छ । इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । हरेक वर्ष असोज ३ गते नेपालले संविधान दिवस मनाउँछ । यो दिन केवल एउटा राष्ट्रिय पर्व मनाउने अवसर मात्र होइन, नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण...
बदलिँदो तीज : हराउँदै पुराना भाका, बढ्दै भड्किलोपन
मंगलबार, भदौ ३०, २०८३
कुनै समय तिज आउनु भनेको माइतीघरको बाटो सम्झनु, चेलीबेटी लिन दाजुभाइ गाउँघरका उकाली–ओराली काट्नु र आँगनमा जम्मा भएर दुःख–सुखका गीत गाउँदै रात बिताउनु थियो । भदौरे झरीमा खोला–खहरेको भेल छिचोल्दै माइती पुग्दा चेलीका लागि त्यो खुसीको क्षण हुन्थ्यो । तर समयसँगै तीज मनाउने शैली फेरिएको छ ।
आज हरितालिका तीज : महादेवको उपासना गरेर मनाइँदै
सोमबार, भदौ २९, २०८३
हिन्दु नारीहरुले आज हरितालिका तिज मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी धुमधामका साथ यो पर्व मनाइन्छ । यो पर्व नेपाली हिन्दु महिलाका लागि धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक अभिव्यक्तिसँग जोडिएको महत्वपूर्ण पर्व हो ।
आज दर खाएर तीजको तयारी, भोलि निराहार व्रत
आइतबार, भदौ २८, २०८३
नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ ।
भोटेकोशी बाढी : मृत्युको संख्या १३ सय ६७ पुग्यो
बिहीबार, भदौ २५, २०८३
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ६७ पुगेको छ । बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धारका क्रममा बुधबार साँझ ५ बजेसम्म १ हजार ३ सय ६७ जनाको शव फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
पाल्पामा प्रभावकारी बन्दै हुलाकमार्फत सरकारी कुरियर सेवा
बुधबार, भदौ २४, २०८३
सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले पाल्पामा प्रभावकारी बन्दै गएको छ ।
जेनजी विद्रोहको एक वर्ष : अझै मेटिएन तोडफोड र आगजनीको घाउ
मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलन भएको एक वर्ष पुगेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवा समूहले गत वर्ष आजकै दिन भदौ २३ गते आन्दोलन गरेका थिए ।
पाल्पामा २०७औँ भगवती रथयात्रा, राष्ट्रिय गौरवको इतिहास सम्झँदै मनाइयो विजय उत्सव
शनिबार, भदौ २०, २०८३
नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा शनिबार पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ । प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा निकाल्दै आएको छ । यसवर्ष २०७ औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा निकालिएको हो । यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ...
आज ऐतिहासिक भगवती रथ यात्रा निकालिँदै
शनिबार, भदौ २०, २०८३
दुई सय वर्षभन्दा लामो इतिहास बोकेको पाल्पाको भगवती रथ यात्रा यसपटक पनि निकालिदै छ । तर विगतका वर्षजस्तो बाजागाजा, भीडभाड र उल्लासका बीच होइन, देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा निकाल्न लागिएको हो ।
अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरमा किसानको भरोसा
शुक्रबार, भदौ १९, २०८३
जिल्लाका किसान वर्षदिन कठोर परिश्रम गर्छन्। बाली स्याहार्ने बेला भने ‘हात लाग्यो शून्य’ भनेजस्तो हुन्छ । वन्यजन्तुले आधाभन्दा बढी अन्नबाली नष्ट गरिदिन्छन्। त्यसबाट आजित बनेका पाल्पाका किसान पछिल्लो समय भने वैकल्पिक खेतीतर्फ लागेका छन् । खेतबारीमा लगाएको मकै, कोदो लगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा...
पहिचान नखुलेका सात शवको पाल्पामा व्यवस्थापन
बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढीपछि नारायणी नदी किनारमा भेटिएर लामो समयसम्म पहिचान हुन नसकेका सातवटा शव पाल्पामा व्यवस्थापन गरिएको छ । बाढीपहिरोमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवलाई कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने सरकारी निर्णयअनुसार ती शव पाल्पा ल्याइएको थियो ।


