Shittalpati
छनोट खेल अक्टोवर र  नोभेम्वरमा गर्न प्रस्ताव
छनोट खेल अक्टोवर र नोभेम्वरमा गर्न प्रस्ताव एसियाली फुटबल फेडेरेसन (एएफसी)ले फिफासँग परामर्श गर्दै फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो । एएफसीले अब अक्टोवर र...
लकडाउनको विकल्प खोजौं
लकडाउनको विकल्प खोजौं कोरोना भाइरसको संक्रमण फैलिन नदिन मुलुकमा लकडाउन गरिएको तीन महिना पुग्न लागेको छ । लकडाउनले मानिसको दैनिक जीवन केही असहज भएपनि यो जरुरी थियो र यसले कोरोना नियन्त्रणमा धेरै सफलता पनि हासिल गरेको हो । लकडाउनले सामाजिक र भौतिक दूरीको आवश्यकताका सम्बन्धमा पनि जनतालाई सचेत गराउन सफल भएको छ ।...
तिनाउमा वडा कार्यालय भवनको शिलान्यास
तिनाउमा वडा कार्यालय भवनको शिलान्यास जिल्लाको तिनाउ गाउँपालिकाले दुई वटा वडा कार्यालय भवनको शिलान्यास गरेको छ । गाउँपालिकाले वडा नं. ४ को सत्यवती र वडा नं. ५ को चरचरेमा वडा कार्यालय भवनको शिलान्यास गरेको हो ।
तिनाउले निर्माण गर्‍यो एक सय ४० बेडको क्वारेन्टाइन
तिनाउले निर्माण गर्‍यो एक सय ४० बेडको क्वारेन्टाइन जिल्लाको तिनाउ गाउँपालिकाले एक सय ४० बेडको क्यारेन्टाइन निर्माण गरेको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण हुने सम्भावित खतरालाई लक्षित गरेर गाउँपालिकाले एक सय ४० बेडको क्वारेन्टाइन निर्माण गरेको हो ।
गुल्मीका स्थानीय तहमा चार हजार बढी नागरिक क्वारेन्टाइनमा
गुल्मीका स्थानीय तहमा चार हजार बढी नागरिक क्वारेन्टाइनमा जिल्लाका स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा चार हजार बढी नागरिकलाई राखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायत तेस्रो मुलुकबाट आएका ४ हजार १ सय ३८ जनालाई स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
सिद्धार्थ करिडोर अन्तर्गतका स्थानीय तहहरुको प्राथमिकता कृषि, स्वास्थ्य र रोजगार
सिद्धार्थ करिडोर अन्तर्गतका स्थानीय तहहरुको प्राथमिकता कृषि, स्वास्थ्य र रोजगार विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै सिद्धार्थ आर्थिक करिडोर अन्तर्गतका स्थानीय तहहरुले कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने भएका छन् । तानसेन नगरपालिकाले आयोजना गरेको पूर्व बजेट तयारी सम्बन्धी भर्चुअल बैंठकमा करिडोर अन्तर्गतका स्थानीय तहरुले आगामी बजेट, नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने बताएका हुन् ।
बगनासकालीका स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम सम्बन्धी प्रशिक्षण
बगनासकालीका स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम सम्बन्धी प्रशिक्षण विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणबाट चिकित्सक सहित स्वास्थ्यकर्मी समेत अछुतो रहन सकेनन् । संक्रमितको उपचारमा संलग्न अधिकांश स्वास्थ्यकर्मीहरुले पर्याप्त मात्रमा सतर्कताका उपायहरु अपनाउन नसक्दा संक्रमण फैलिएको स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले बताएका छन् ।
रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा
रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा जिल्लाको रेसुङ्गा नगरपालिकामा पछिल्लो समय भारतबाट आएका ३ सय ९४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा ३ सय ४१ जना पुरुष र ५३ जना महिला रहेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायतका तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।
फोहोरबाट मल बनाउँदै नगर सरकार
फोहोरबाट मल बनाउँदै नगर सरकार पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहोर संकलन गरेर मल उत्पादन गरिने भएको छ । मल उत्पादनका लागि आवश्यक संरचना बनिसकेको छ । लकडाउन खुलेसँगै फोहोर संकलन थालिने छ । नगरपालिका प्रमुख प्रभा बरालले राप्ती नगरपालिका–२ मा स्थानीय शिवशक्ति सामुदायिक वनसँग सहकार्य गरेर काम शुरु गरेको जानकारी दिए ।
फोन गर्न घाम पर्खनुपर्ने
फोन गर्न घाम पर्खनुपर्ने फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ ।
बाबुरामको सम्बोधन र दलितका सवाल
बाबुरामको सम्बोधन र दलितका सवाल जाजरकोटका युवाहरु रुकुममा हत्या, बेपत्ता र घाइते हुनुको मुख्य कारण जातिय विभेद र असमानता नै हो । यहि सामूहिक नरसंहार र बर्वरतापूर्ण घटनाको विरोध गर्दै बाबुरामले संसदमा सम्बोधन गर्ने क्रममा समाजमा समानता कायम गर्ने, सम्पूर्ण जातजातिको सम्मान, श्रमको सम्मानमा जोड दिएका थिए ।
Weather Update