तरलता जोखिम र व्यवस्थापन
मंगलबार, जेठ २७, २०७७
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार
मंगलबार, जेठ २७, २०७७
शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेका हुन् । जेठ २ गते तानसेनमा भएको सर्वपक्षिय बैठक अनुसार निस्दी र रामपुरले रामपुरमा ५० वेडको आइसोलेशन निर्माण गर्ने भनिएको...
माथागढी गाउँपालिकाको राहत कोषमा मगर संघको सहयोग
मंगलबार, जेठ २७, २०७७
नेपाल मगर संघ माथागढी गाँउसमितिले कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । जिल्लाको माथागढी गाउँपालिकाले स्थापना गरेको कोरोना राहत सघले पाँच हजार आर्थिक सहयोग गरेको हो । संघले गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरलाई गाउँपालिकामै भेटी उक्त रकम हस्तान्तरण गरेका हुन् । नेपाल मगर संघका जिल्ला अध्यक्ष तेज घर्ती मगरले...
रुपन्देहीमा पाँचको हत्या
मंगलबार, जेठ २७, २०७७
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्तिले सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी...
पाल्पा अस्पतालको मास्टर प्लान तयार
सोमबार, जेठ २६, २०७७
पाल्पा जिल्ला अस्पतालमा ५० शैयाको क्षमता स्तरवृद्धि र अत्याधुनिक भवन निर्माणको गुरुयोजना तयार भएको छ । अस्पतालले सोमवार सो गुरु योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । जिल्लाका दल, प्रदेश सांसद तथा सरोकारवाला र सञ्चारकर्मीहरु बीच सो मास्टरप्लान सार्वजनिक गरिएको गरियो । जिल्ला अस्पताल विकास समितिको तर्फबाट समितिका अध्यक्ष...
कोरोना जितेका अध्यक्ष विरुवा रोपेर निस्किए एकान्तवासबाट
सोमबार, जेठ २६, २०७७
दिनमा कोरोनालाई जितेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले कार्यालय परिसरमा बिरुवा रोपण गरि एकान्तबासबाट बाहिर सार्वजनिक भएका छन् । उनले गाउँपालिकाको कार्यलय परिसरमा ओखर, एभोकाडो , रुद्राक्ष र मुन्तलाका बिरुवाहरु रोपाण गरी बाहिर सार्वजनिक भएको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिबबहादुर खत्रीले जानकारी दिए ।
एलएमसीको आइसोलेशनमा उपचाररत एकको मृत्यु, दुईको कोरोना पुष्टि
सोमबार, जेठ २६, २०७७
तानसेनस्थित लुम्बिनी मेडिकल कलेज (एलएमसी)को आइसोलेशन कक्षमा उपचारत चार जना मध्ये एक जनाको मृत्यु भएको छ भने दुई जनामा कोरोना पुष्टि भएको छ । आइसोलेशनमा उपचार गराइरहेका गुल्मी मालिका गाउँपालिका ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेतृ पन्थीद्वारा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वास्थ्य सामग्री
सोमबार, जेठ २६, २०७७
महिला नेतृ,नेपाल महिला संघका जिल्ला उपाध्यक्ष तथा सामाजिक व्यक्तित्व मिना पन्थीले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोक स्थित विष्णु माविमा निर्माण गरिएको क्वारेनटाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्रीसँगै नास्ता सहयोग गरेकी हुन् । सोमबार नेतृ पन्थी, नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे...
युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्यो सम्मान सहित विदाई
सोमबार, जेठ २६, २०७७
बन्दाबन्दीका बेला कक्षा ११ र १२ का लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको युनिक एफएम पाल्पाले आईतबार एक औपचारिक कार्यक्रमका बीच ट्युसन अनइएरका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ । रेडियोले तानसेन नगरपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउर्दै आएका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । कोरोनाका कारण...
अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण
सोमबार, जेठ २६, २०७७
जिल्लामा सोमबार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन...
‘कोरोनाको भयभन्दा समाजको त्रास बढी’
सोमबार, जेठ २६, २०७७
समाचार सङ्कलनकै क्रममा कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेका कपिलवस्तुका दुई सञ्चारकर्मीलाई निको भएपछि आइतबार डिस्चार्ज गरियो । सत्र दिन जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा बसेका सञ्चारकर्मीलाई बिदाइ हुँदै गर्दा कुनै युद्ध जितेर फर्किन लागेको जस्तो अनुभव भयो । ‘कोरोनाको भयभन्दा समाजको त्रास बढी हुने रैछ’, कपिलवस्तु ‘दर्पण’ र ‘उज्यालो’...
तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा
सोमबार, जेठ २६, २०७७
कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाको सातौँ नगरसभाको पहिलो बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति...


