
रमेश विश्वकर्मा
गुल्मी । १२ दिनमा कोरोनालाई जितेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले कार्यालय परिसरमा बिरुवा रोपण गरि एकान्तबासबाट बाहिर सार्वजनिक भएका छन् । उनले गाउँपालिकाको कार्यलय परिसरमा ओखर, एभोकाडो , रुद्राक्ष र मुन्तलाका बिरुवाहरु रोपाण गरी बाहिर सार्वजनिक भएको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिबबहादुर खत्रीले जानकारी दिए ।
पछिल्लो समयमा मानवजातिले विकासको नाममा प्रकृति माथि अत्याधिक दोहन गर्दा मानवजातिलाई चुनौती दिने गरी अहिले विश्व संकट पैदा भएको बताए । प्रकृतिसंगै वातावरण बचाउनुपर्छ भन्ने सन्देश दिनका लागि आफूले बृक्षरोपण गरेर एकान्तबासबाट बाहिर निस्केको अध्यक्ष पोख्रेलले बताए । विकासको नाममा प्रकृतिलाई नै दोहन गर्ने परिपाटी भएकाले यसलाई रोक्नका लागि प्रकृतिलाई बचाउँदै वृक्षारोपण गर्नुपर्नेमा जोड दिए ।
कोरोनालाई धेरै ठूलो रोगको रुपमा नलिन र यसलाई सजिलै प्रास्त गर्न सकिने बताए । १२ दिनमै एकान्तबासबाट कोरोना जितेका पोखरेललाई उपाध्यक्ष खत्रीले फूलमालाले स्वागत गरेका थिए । उच्चमनोबल र साहसले कोरोनालाई जित्न सकिने उदाहरण गाउँपालिकाका अध्यक्षले दिएको भन्दै कोरोनालाई धेरै ठूलो रोगको रुपमा नलिन उनले सबैलाई आग्रह गरे । गाउँपालिकाका अध्यक्षले कार्यालय परिसरमा रोपण गरेका बिरुवाहरु कृषि ज्ञानकेन्द्र गुल्मीले उपलब्ध गराएको थियो ।