Shittalpati
नेतृ पन्थीद्वारा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वास्थ्य सामग्री

पाल्पा । महिला नेतृ,नेपाल महिला संघका जिल्ला उपाध्यक्ष तथा सामाजिक व्यक्तित्व मिना पन्थीले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोक स्थित विष्णु माविमा निर्माण गरिएको क्वारेनटाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्रीसँगै नास्ता सहयोग गरेकी हुन् । सोमबार नेतृ पन्थी, नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे सहितको टोलीले क्वारेन्टाइनको निरीक्षण गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

उनीहरुले वडा सदस्य राजेन्द्र रानामार्फत भारत तथा तेस्रो मुलकबाट आई क्वारेन्टाइनमा बसेका आठ जना नागरिकलाई सेनिटाइजर, माक्स र तीन दर्जन विस्कुट हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै नेतृ पन्थीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्न र बचाउनका लागि क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई केही भए पनि राहत मिलोस् भन्नका लागि सामग्री हस्तान्तरण गरेको बताईन् । उनले यदि क्वारेन्टाइनमा रहेका नागरिकमा कोरोना भाइरस रहेमा अन्य नागरिकहरुमा सर्ने सम्भावना प्रवल रहेकाले उनीहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्रीले महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरिन् । नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरेले पन्थीले विपद्को बेला देखाएको सहयोग प्रशंसनिय रहेको भन्दै अन्य व्यक्तिले पनि अनुसरण गर्नुपर्ने बताए ।

सचिव गहिरेले कोरोना महामारीको विषम परिस्थितीमा सबै एक जुट हुन आग्रह गरे । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध नेतृले लामो समय देखिको बन्दाबन्दीका कारण समस्यामा परेका दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै नागरिकहरुलाई समेत राहत स्वरुप खाद्यान्न सहयोग समेत गर्दै आएकी छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update